२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

सन्ध्याग्रुपको आयोजनामा हरितालिका तिज पर्व मनाइयो

सन्ध्याग्रुपको आयोजनामा हरितालिका तिज पर्व मनाइयो

मेनुका बास्कोटा
अलखोर, २० अगस्ट । सन्ध्याग्रुप अल्खोर कतारको आयोजनामा नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको शुभकामना आदानप्रदान,दर खाने तथा विविध सांस्कृतिक कार्यक्रम भब्य रुपमा मनाईएको छ।

सन्ध्याग्रुप अलखोर कतारका अध्यक्ष गणेश क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली महिला समाज कतार का अध्यक्ष सरिता भण्डारी पौडेलको प्रमुख आतिथ्यता रहेको थियो।

त्यसैगरी बिशेष अतिथिहरुमा संस्थाका संरक्षक प्रेम प्रसाद भट्टराई, प्रमुख सल्लाहकार राम प्रसाद पराजुली,बिशेष सल्लाहकार रामजी अधिकारी,सल्लाहकारहरु शंखलाल तामाङ र अर्जुन पौडेल, महिला बिभाग प्रमुख मेनुका बास्कोटा, नेपाली महिला समाज कतारका संस्थापक अध्यक्ष रेखा राई,प्रवासी नेपाली मञ्च कतारका महिला संयोजक रेणु कार्की,नेपाली जनप्रगतिशिल मंच कतारका महिला बिभाग कोषाध्यक्ष एन्जिला धिताल देवकोटा, कतार नेपाली एकता समाजका महिला संयोजक जानुका बस्नेत,समाजसेवी ब्यबसायी अमिना खान,माया केसी,समाजसेवी मिना लामा,रमि मोक्तान,विभिन्न संघ संस्थाका महिला प्रतिनिधिहरु लगायत नेपाली दिदिबहिनी तथा दाजुभाईहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

दिप प्रज्वलन, राष्ट्रियगान बाट कार्यक्रमको शुभारम्भ गरिएको थियो। कार्यक्रममा सभापति गणेश क्षेत्री, सल्लाहकार अर्जुन पौडेल र खिम सुनारले “२००२ मा खुल्यो सन्ध्याग्रुप कतार सम्पूर्ण चेलीलाई स्वागत बरिलै भन्ने गीत प्रस्तुत गर्दै उपस्थिति सम्पुर्णलाई स्वागत गरेका थिए ।

कार्यक्रममा थुप्रै तिज सम्बन्धिन नृत्य,एकल गित सामुहिक नाच लगायत गीत गजल मुक्तक मार्फत तिजलाई भब्य रुपमा सफल बनाईएको थियो। प्रस्तुती राख्ने कलाकारहरुमा रोजिना लिम्बू,रेजिना धिमाल,सरिता मुखिया,शसिकला स्याङ्तान,शान्ती वली,रेबिना तामाङ,चन्द्र बिसी,शुरेस बिसी लगायत थुप्रै कलाकारहरुका दमदार प्रस्तुतिबाट भब्य मनोरञ्जन दिइएको थियो।

मञ्चमा सबै महिला दिदिबहिनीहरुको आथित्यता रहेको थियो, बिदेशमै भएरपनि आफ्नै माइतीघरको आगनमा दर खादै रातो साडी चुरापोतेमा सजिदै छमछ्मी नाच्ने गरेको, बिगतको स्वदेशको झल्को सन्ध्याग्रुपले मेटाएको भन्दै धेरै दिदीबहिनी हरुले खुशी व्यक्त गरेका थिए ।

कार्यक्रमका शुभकामना मन्तब्य राखेहरुमा नेपाली समाजसेवी तथा ब्यबसायी अमिना खान,प्रवासी नेपाली मञ्च कतारकी रेणु कार्की,समाजसेवी ब्यबसायी शुस्मिता भुसाल,माया केसी, सलिसाम कतारकी मञ्जु सावाँ,नेपाली महिला समाज कतारकी संस्थापक अध्यक्ष रेखा राई लगायतले शुभकामना मन्तब्य राख्दै हामी रहेको देशको स्थानीय कानुन संस्कार संस्कृति धर्मलाई सम्मान गर्नुपर्नेमा जोड दिदै ,कोर्नेश तिर धेरैजसो शुक्रबार भैरहने अराजक गतिविधि बारे प्रष्ट पारेका थिए।गलत स्त्री र पुरुष दुबै बाट हुने कुरालाई औल्याउदै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई सचेत रहन आग्रह पनि गर्दै सन्ध्याग्रुप कतारले दिएको सम्मान प्रती धन्यबाद ब्यक्त गरेका थिए।

संस्थाका सल्लाहकार अर्जुन पौडेल,शंखलाल तामाङ,बिशेष सल्लाहकार रामजी अधिकारी ,प्रमुख सल्लाहकार राम प्रसाद पराजुली,संरक्षक प्रेम प्रसाद भट्टराईले आफ्नो भनाई राख्दै कतारमा स्थापित महिलाहरुको एक मात्र संस्थाले महिलाहरुको महान चाड हरितालिका तीज नै बिशेष हुने भएकोले २६ अगस्ट शुक्रबारको दिन कार्यक्रम जुधाउनु राम्रो नभएको बताएका थिए ।उनिहरुले सन्ध्याग्रुप कतारको निमन्त्रणालाई सहस्र स्वीकार्दै उपस्थित सम्पुर्ण दिदिबहिनीहरुमा धन्यबाद ब्यक्त गरेका थिए।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली महिला समाज कतारकी अध्यक्ष सरिता भण्डारी पौडेलले शुभकामना मन्तव्य राख्दै हामी स साना छोराछोरी छाडेर आमा बुवाको सपना पूरा गर्न, देशमा भएको चरम गरिबी अभावले घरमा ताउलोमा जाउलो नपाक्ने अवस्था आए पछि बाध्यतात्मक परिस्थितिले परदेशिएका हौ! तर कतिपय दाजुभाइ दिदिबहिनीहरुले परदेश छिरेर पेटभरि खान पाए पछि ती बिगतका दिनहरु भुल्दै यतै रमाउने, मस्ती गर्ने अनि परिवारजनलाई अझै थप मर्कामा पार्ने काम समेत भएको बताउदै यस्ता गतिबिधिबाट मुक्त हुँदै सभ्य समाजको निर्माणमा जुट्नुपर्ने बताएकी थिईन।
तिज कार्यक्रमलाई सभ्य तथा भब्य रुपमा सफल पार्न सहयोग पुर्याउनु भएका विभिन्न ब्यक्तित्वहरुलाई कदर पत्र तथा दमदार कला प्रस्तुत गरि कार्यक्रम सफल बनाउनुहुने कलाकारहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।

कार्यक्रमका सभापति गणेश क्षेत्रीले आफ्नो घर परिवार माईती छोडेर वर्षौ देखि विभिन्न पीडा समस्याहरु भोग्दै परिश्रम गर्दै आउनुभएको नेपाली चेलीबेटीहरुको घाउमा मलम लगाउने सानो प्रयास गरेको छौ। हुन त हामीले माइतीको सम्पुर्ण दायित्व पूरा गर्न नसकौला, तर चाडपर्वमा यसै गरि चेलीबेटीहरुको आँखामा आशु पुछ्दै ओठमा मुस्कान ल्याउने प्रयास जारी रहनेछ ।सभाती क्षेत्रीले निमन्त्रणालाई सहस्र स्विकार्दै उपस्थित सम्पुर्ण चेलीहरुमा धन्यवाद ब्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।कार्यक्रमको सहजीकरण महासचिव खेम राज सुवेदी र स्वागत मन्तव्य संस्थाका प्रथम उपाध्यक्ष सन्तोष केसीले राखेका थिए।

प्रकाशित मिति : २०७९ भाद्र ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस