२०८१ असोज २९ गते मङ्गलवार | 2024 October 15th Tuesday

नेपाली रक्तदाता संघ कतारको अध्यक्षमा खत्री

दोहा,कतार

नेपाली रक्तदाता संघ कतारको दोश्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट रामजी खत्रीको नेतृत्वमा १५ सदस्यीय समिती चयन भएको छ । सस्थाका अध्यक्ष तेज कटुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा अन्तरास्ट्रिय रक्तदाता संघका अध्यक्ष अजय सत्यालको प्रमुख आतिथ्यता रहेको थियो |नबनिर्वाचित समितीमा अध्यक्ष- रामजी खत्री-गोर्खा, उपाध्यक्ष – गणेश प्रसाद ढकाल- गुल्मी,,उपाध्यक्ष – विश्वराज नेपाल –नवलपरासी,सचिव- बिजय कुमार मगर- झापा, कोषाध्यक्ष – भिम बहादुर बिश्वकर्मा-सुनसरी,सहसचिव- निरन नेपाल – संखुवासभा, सह-कोषाध्यक्ष – बिबेक पुलामी मगर – काठमाडौँ रहेका छन भने सदस्यहरुमा प्रकाश परियार – स्याङ्जा, खेमराज सुबेदी – सुनसरी, देव लम्साल – गुल्मी, पुस्कर साउद – डोटि, निराजन गौतम – बाग्लुंग, बाबुराम थापा मगर – सर्लाही, सावित्रा शर्मा– दाङ रहेका छन |
रास्ट्र गान, स्वागत मन्तव्य, दीप प्रज्वलन संगै शुरु गरिएको कार्यक्रममा एनआरएन आईसीसी, एनसीसी, विभिन्न बैचारिक सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, प्रदेश समन्वय समितिका प्रतिनिधिहरु, जिल्ला सस्थाका प्रतिनिधिहरु तथा विभिन्न सामाजिक अभियान्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा निरन नेपालले सस्थाको कार्य प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए भने सस्थाका कोषाध्यक्ष गणेश ढकालले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अथिती सत्याल र सस्थाका सल्लाहकार हंसराज ढकाललाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए भने सस्थालाई सहयोग गर्ने विभिन्न सस्था तथा ब्यक्तिलाई सम्मान पत्रले सम्मान गरेको थियो । कार्यक्रममा विभिन्न सस्थाका प्रतिनिधि तथा सामाजिक अभियान्ताले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा लोक दोहोरी प्रतिस्ठानका कलाकारहरूले हललाई संगीतमय बनाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथीले बोल्दै २०१४ मा स्थापना गरेको यो सस्थाले अहिले सम्म बिश्वका विभिन्न १४ देशहरुमा आफ्नो शाखा खोली सकेको जानकारी गराए । यो संघको मुख्य उदेश्य भनेको कुनै पनि ब्याक्तीले ब्लड नपाएर अकालमा ज्यान जान नपरोस भन्ने हो । समाजको यौटा बिबेकशिल ब्याक्तिले आफ्नो उत्तरदायित्व बहन गर्दै गर्दा रक्तदान यौटा महत्त्वपूर्ण काम भएको बताए । सस्थाले आफ्नो कार्यक्रम गर्नको लागि आर्थिक रुपमा सहयोग गर्नको लागि आफ्नै अक्षयकोष खोल्ने र त्यसबाट आएको रकमले कार्यक्रममा सहयोग गर्नेमा जोड दिए । नेपालमा अहिलेसम्म ब्यबस्तित रुपमा ब्लड डोनेशन सेन्टर नभएकोमा दु:ख लागेको बताए । कार्यक्रमको अन्त्यमा सभापति कटुवालले उपस्थित सबैमा धन्यवाद ज्ञापन गरेका थिए । जसरी नेपाली रक्तदाता संघ कतारलाई साथ सहयोग गरेर यो कार्यकाल सफल भएको छ आगामी दिनमा पनि निरन्तरता पाउनेमा जोड दिए । नेपाली रक्तदाता संघ कतार सम्पुर्ण कतार बासी नेपालीको साझा सस्था भएकाले सबैसंग हातेमालो गरेर अगाडी बढिरहेको जानकारी दिदै कार्यक्रम समापन गरेका थिए । कार्यक्रममा गणेश ढकालले स्वागत मन्तब्य राखेका थिए भने निरन नेपालले कार्यक्रमलाई सहजीकरण गरेका थिए |

प्रकाशित मिति : २०७९ भाद्र २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस