२०८१ असोज २ गते बुधवार | 2024 September 18th Wednesday

कतारमा साहित्यमय बन्यो वी पी जयन्ती

दोहा, अगस्ट १८  । दोहामा  युगपुरुष जननायक विश्वेश्वर प्रसाद कोईरालाको १०९ औँ जन्म जयन्ती भब्यताका साथ मनाइयो  l  नेपाली जनसम्पर्क समिति कतारको आयोजना तथा कतारमा स्थापित  दुई साहित्यिक संस्थाको समन्वयनमा मनाईएको वीपी जयन्ती साहित्यमय बनेको थियो l

उपन्यासहरु तीन घुम्ती, सुम्निमा, नरेन्द्रदाइ,  मोदिआइन , हिटलर र यहुदी , बाबु, आमा र छोरा, कथा दोषी चस्मा , श्वेत भैरवी र जीवनी आफ्नो कथा र जेल गर्नेल लगायत दर्जनौ साहित्यबाट नेपाली साहित्यमा उदाएका राजनितिज्ञ, प्रजातान्त्रिक समाजवादका चिन्तक एवम् प्रयोक्ता विश्वेश्वरप्रसाद कोइराला स्वतन्त्र रूपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङमयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली दिएर सदाका निम्ति अमर बनेका छन्। कोइराला नेपाली आख्यानमा मनोविश्लेषण भित्र्याउन पहिलो आख्यानकार समेत हुन् l  उनै कोईरालाको १०९ औँ  जयन्तीमा  यसपटक कतारमा रहेर नेपाली भाषा साहित्यमा कलम चलाईरहेका दर्जनौं साहित्यकारहरुका दमदार रचना वाचन गरिएको थियो l

साहित्यकार सोम थापाले सहजीकरण गरेको साहित्यिक कार्यक्रममा रचना वाचन अन्तर्गत अनेसास कतार, नबोदित साहित्यिक वाचनालय तथा सन्ध्या ग्रुप( मुग्लानी सौगात) अलखोरका साहित्यकारहरुले आफना सिर्जना वाचन गरेका थिए l रचना वाचन गर्ने साहित्यकारहरुमा बिन्दा लामा, सानु थपलिया, तेजीलाल मण्डल, देवेन्द्र खतिवडा, खेमराज सुवेदी, शाकिर अली, नारायण भन्डारी, प्रकाश पाठक योगी, विमल सुबेदी, दीप मीलन, तिलु शर्मा पौडेल, मणी पौडेल, दिलिप पराजुली, शेखर बस्नेत, गणेश क्षेत्री, अर्जुन पौडेल, माया केसी, निरन नेपाल, सिताराम थापा, तिर्थ संगम राई लगायतका साहित्यकारहरुका दमदार साहित्यक रचना वाचन गरिएको थियो l

सोहि कार्यक्रममा गैर आवासीय नेपाली संघ एनसीसी र आइसीसीका बिभिन्न पदमा निर्वाचित कार्यसमिति सदस्य तथा पदाधिकारीहरुलाई सम्मान गरेको थियो l स्वागत नृत्य पेश गर्ने सन्ध्या अर्याल, सांगीतिक प्रस्तुति दिने क्रिजल पन्थी र जिया हमाललाइ पनि स्ममान गरेको थियो l रचना वाचन गर्ने सबै साहित्यकार सहित अनेसास र नवोदितलाई पनि कदर पत्रद्वारा सम्मान गरिएको थियो।

May be an image of 1 person, sitting and standing

नेपाली जनसम्पर्क समिति कतारका सभापति मोहम्मद अजिज अलीको सभापतित्व र संस्थाका संस्थापक सभापति तथा महासमिती सदस्य नरेन्द्र भाटको प्रमुख आतिथ्यमा दोहा स्थित सालिमार रेस्टुरेन्टको सभाहलमा भएको कार्यक्रममा विशिष्ट अतिथि संस्थापक प्रमुख सल्लाहकार एवं पूर्व महासमिति सदस्य बद्री पाण्डे, संस्थापक महामन्त्री एवं महासमिति सदस्य बिमल सूबेदी, महाधिवेशन प्रतिनिधिहरू क्रान्ति सिंह, शंकर न्यौपाने , प्रबिन गुरुङ र राज रेग्मी, पूर्ब महाधिवेशन प्रतिनिधिहरू संस्थापक एवं सल्लाहकारहरू पूर्व पदाधिकारीहरु,विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु, कलाकार,साहित्यकार,बैचारिक, जातिय संघ संगठनका प्रतिनिधिहरु,जनसम्पर्क समितिमा आस्थावान दाजुभाई तथा दिदिबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

दिप प्रज्वलन,ब्यानर अनावरण तथा स्वर्गीय वीपी कोईरालाको फोटोमा माल्यार्पण गरि शुरु गरिएको कार्यक्रममा संस्थाका उप सभापति तथा कार्यक्रम संयोजक ठाकुर कुमार परियारले स्वागत मन्तव्य मार्फत तथा कलाकार सन्ध्या अर्याल द्वारा स्वागत नृत्य प्रस्तुत गरि सम्पुर्णलाई स्वागत गरिएको थियो।

कार्यक्रमको अन्त्यमा सभापति अलीले १०९ औँ वीपी जयन्ती भब्यरुपमा सफल भएको बताउदै  बिपी एक राजनैतिक मात्र  नभएर नेपाली साहित्यिक व्यक्तित्व  भएको कारण  जयन्ती लाई साहित्यमय बनाउन गरिएको  प्रयास  सफल बनाउन  योगदान पुर्याउनुहुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै आगामी दिनमा पनि निरन्तरता अपेक्षा राख्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए भने कार्यक्रमको सहजीकरण संस्थाका महामन्त्री केदार भुसालले गरेका थिए।

प्रकाशित मिति : २०७९ असोज १ गते शनिवार
प्रतिक्रिया दिनुहोस