२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

प्रदेश न. १ समन्वय परिषदसंग जिल्ला संस्था छुटिदै

दोहा । प्रदेश समन्वयसंग असहमति जनाउँदै बिज्ञप्ति जारी गरि छुटिने जिल्ला सस्थाहरु दिन प्रतिदिन बड्न थालेका छन । केहि समय अगाडि बागमती प्रदेश बाट सुरु भएको रोग प्रदेश न. १ समन्वय परिषद सम्म आई पुगेको छ । यस अघि नै इलाम, भोजपुर  र सुनसरी पनि समन्वय परिषदसंग दुरि बडाएको जानकारी प्राप्त भएको छ ।

नीति र कार्यन्वयनमा असहमति जनाउँदै प्रदेश न. १ समन्वय परिषद कतारसंग खोटाङ सेवा समाज कतारले सहकार्य नगर्ने भएको हो । समाजले प्रदेश न. १ को स्थापनाकाल देखि नै सामजिक गतिविधिहरुमा सहकार्य तथा संलग्न रहदै आएको थियो ।

सामाजिक उद्देश्यले स्थापना भएको संस्थाको विधान, प्रकृया, पद्धति बिपरीत हुदै गएको तथा यसमा आबद्घ जिल्ला संस्थाहरु मध्य खोटाङ सेवा समाज, कतारलाई समान रुपमा सम्बोधन गर्न नसकेको र आफु अनुकुल बनाउने किसिमको मात्र गतिविधिहरु संचालन गर्दै आएकोले खोटाङ सेवा समाज, कतार निष्कृय रहने भन्दै  विज्ञप्ति जारी गरेको छ ।

अत: प्रदेश न. १ अन्तर्गतको जिल्ला संस्थाहरुसंग भने संस्थागत सम्वन्ध, भाईचारा साथै सामाजिक कृयाकलापमा सहकार्य र संमन्वय रहि रहने बिज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २०७९ असोज ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस