२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

कतारले गर्‍यो १ नोभेम्बर देखि डिसेम्बर २३ सम्मका लागि भिजिट भिसा बन्द

दोहा । कतारमा यही नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म आयोजना हुने फिफा बिस्वकप् लाई लक्षित गर्दै कतारले केही समयको लागि भिजिट भिसा बन्द गर्ने जनाएको छ l गृहमन्त्रालयद्धारा आज आयोजित पत्रकार सम्मेलनमा १ नोभेम्बर देखि डिसेम्बर २३ सम्म भिजिट भिसा बन्द रहने जानकारी दिइयो l

उक्त समयमा फुटबलको रौनक ह्वात बढ्ने हुँदा हय्या कार्ड हुने पर्यटकले मात्र कतार प्रवेश गर्न पाउने जानकारी दिइयो । ह्य्या कार्ड हुनेहरूले हवाई, स्थल र सामुद्रिक सिमानाबाट प्रवेश पाउने छन् l हुने भिजिट भिसा बन्द गर्ने जनाएको हो । यस निर्णयबाट कतार बाहिर रहेका कतारी नागरिक र कतारी आइडी भएका सबै यात्रु, वर्क परमिट भिसा भएका नयाँ कामदार र कतार सरकारको आधिकारिक स्वीकृतिमा आउने यात्रु तथा पाहुनामा कुनै असर पार्ने छैन l खेल चलिरहेको बेला पनि यी यात्रुहरू कतार आउन जान सक्ने मन्त्रालयले जनाएको छ l हया कार्ड भएको व्यक्तिहरू जनवरी २३, २०२३ सम्म कतार बस्न पाउनेछन्।

के हो हय्या कार्ड ?
कतारमा यही नोभेम्बर २० देखि सुरु हुने विश्वकपको खेल हेर्न स्थानीय तथा विदेशी दर्शकलाई हय्या कार्ड अनिवार्य चाहिन्छ । कार्डले कतार प्रवेशका लागि नोभेम्बर १ देखि डिसेम्बर २३ सम्म मल्टिपल ईन्ट्री भिसाको काम समेत गर्नेछ । त्यस्तै कार्डले निःशुल्क सार्वजनिक सवारी प्रयोग गर्न पनि सुविधा दिनेछ । फिफाको वेबसाइटबाट टिकट खरिद गरेपछि तपाइले अनिवार्य रूपमा हय्या कार्डको लागि तोकिएका कागजात सहित फाराम भर्नु पर्दछ l उक्त फाराम भरी सके पछि तपाइले भरेको ठेगानामा कार्ड आइपुग्दछ l यद्यपि हय्या कार्डको प्रिन्ट कपि अनिवार्य भने छैन । दर्शकले आफ्नो मोबाइलमा हय्या एप डाउनलोड गरेर पनि कार्ड प्रयोग गर्न सक्नेछन् । कार्ड होल्डरहरूले कतारका अलावा दुबई र साउदीको समेत भ्रमण गर्न सक्नेछन् l

प्रकाशित मिति : २०७९ असोज ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस