
चितवन : भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक : ६ घन्टा अबरुद्ध बनेको छ ।
गएराति १२ बजे अवरुद्ध सडक बिहान ६ः३० बजे बाट पुनःसञ्चालन भएको र रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।
रातभर सडक अवरुद्ध हुँदा यात्रुहरु बाटोमा समेत सुत्न बिवश देखिन्थे , चाडपर्व नजिकिएका कारण पनि नारायणगढ–मुग्लिन सडकमा सवारी साधनको चाप बढी देखिन्छ ।
प्रकाशित मिति : २०७९ असोज ८ गते शनिवार