२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

एनसिसिले सरकारी निकायको समन्वयमा सचेतना कार्यक्रम गर्ने

दोहा । कतारमा रहेका नेपाली समुदायका लागी सचेतना मुलक कार्यक्रम हुने भएको छ ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वय साथै कतार सरकारको नगरपालिका मन्त्रालयको सहकार्यमा भोलि सचेतना मुलक कार्यक्रम हुने भएको हो ।

आउदै गरेको फिफा बिश्वकपका लागि कतार सरकारको नगरपालिका मन्त्रालयले कतारमा लागू गरेको नयाँ नियमहरु सम्बन्धमा नेपाली समुदायको लागि जानकारी मुलक सचेतना कार्यक्रम आयोजना गरिएको जनाईएको छ ।
कार्यक्रम दोहा नगरपालिकाको कार्यालय नज्मामा बेलुकी ६ बजे हुनेछ ।

प्रकाशित मिति : २०७९ असोज ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस