२०८२ जेष्ठ ७ गते मङ्गलवार | 2025 May 20th Tuesday

नेपाली समुदायका लागी सचेतना कार्यक्रम

दोहा । कतारमा रहेका नेपाली समुदायका लागी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वय साथै कतार सरकारको नगरपालिका मन्त्रालयको सहकार्यमा आइतबार सचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा आउदै गरेको फिफा बिश्वकपका लागि कतार सरकारको नगरपालिका मन्त्रालयले कतारमा लागू गरेको नयाँ नियमहरुका बारेमा जानकारी गराइएको थियो।
कार्यक्रममा सार्वजनिक स्थलमा फोहोर नफाल्न,तोकिएको ठाउँमा मात्र फोहोर फाल्न,सवारी साधन तोकिएको ठाउमा मात्र पार्क गर्न, घरको छतमा कपडा नसुकाउन,घरबाट निस्केका फोहोरहरु जथाभावी नफाल्न, ठुलाे परिमाणमा फोहर भएमा १८४ मा सम्पर्क गरि नगरपालिकालाई जानकारी गराउन,नगरपालिकाको स्वीकृति बिना बनाएका टहराहरुमा नबस्न आग्रह गरिएको थियो।
नगरपालिकाले यस्तै विभिन्न नयाँ नियमका बारेमा जानकारी गराउदै यस्ता गतिविधि गरिएको पाइएमा १० हजार कतारी रियल जरिवाना हुने समेत जानकारी गराउदै कतारको नियम कानुनलाई पालना गरि अधिकतम जरिवाना हुन् बाट बच्न समेत गनुरोध गरेको छ l
दोहा नगरपालिकाको कार्यालयमा सप्पन्न कार्यक्रममा कतारमा स्थापित नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत सयौं संख्यामा नेपालीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७९ असोज १० गते सोमवार
प्रतिक्रिया दिनुहोस