२०८१ कार्तिक ७ गते बुधवार | 2024 October 23rd Wednesday

स्याङ्गजा सहयोग समाज कतारले शुभकामना आदानप्रदान कार्यक्रम गर्दै

 

दोहा : “स्याङ्गजा सहयोग समाज कतारको चाहना बिशुद्द सामाजिक सेवाको भावना “ को नारा सहित सन् २००५ मा स्थापित स्याङ्गजा सहयोग समाज कतारले “शुभकामना आदानप्रदान कार्यक्रम” गर्ने भएको छ।

स्याङ्गजा जिल्लाबाट रोजगारीका शिलसिलामा कतारमा रहेका स्याङ्गजा वासीहरुले स्थापना गरेको जिल्ला संस्थाले विभिन्न नेपाली चाडपर्व तथा बिशेष दिवस हरु ( बडा दशैं, तिहार, छठ, तथा नेपाल संम्बतको शुभ अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको संस्थाका महासचिव टेक गैरेले बताए ।

आउँदो २०२२ अक्टुवर २१ तारिक शुक्रबारको दिन कतारको सनैया स्थित ग्रान्ड मल एसियान टाउन (प्लाजा ) मार्केट भित्र रहेको (सेन्चुरि रेस्टुरेन्ट) को सभाहलमा उक्त कार्यक्रम हुन लागीरहेको संस्थाका अध्यक्ष प्रकाश परियारले जानकारी गराए ।

साथै यस विशेष कार्यक्रम भब्य सभ्य रुपमा सफल गराउन कतारमा रहेका सम्पूर्ण स्याङ्जा तथा गैर स्याङ्जा बासी दाजुभाई तथा दिदिबहिनीहरु, बुद्धिजीवी,व्यावसायि, पत्रकार,सन्चारकर्मी,कलाकार लगाएत सम्पुर्ण नेपाली जनहरुमा उपस्थिति भै कार्यक्रम सफल पार्नको लागि सहयोग गरिदिनु हुन स्याङ्गजा सहयोग समाज,कतारले अनुरोध गरेको छ ।

“प्रवासमा रहेर हरेक दु:ख सुखमा जिल्लाबासीको” सारथि बन्दै आएको संस्थाले स्थापना काल देखीनै जिल्ला भन्दा बाहिर आएर यहाँ रहेका नेपाली हरुको लागि सामाजीक, आर्थिक, नैतिक तथा समय सान्दर्भिक पक्षमा काम गर्दै आइरेहेको छ ।

प्रकाशित मिति : २०७९ असोज २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस