२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

गोरखा सेवा समाज कतार द्वारा रक्तदान कार्यक्रम सम्पन्न

दोहा:गोरखा सेवा समाज कतारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

“रक्तदान जीवन दान”भन्ने नाराका साथ नेपाली रक्तदाता संघको समन्वयमा शुक्रवार हमाद अस्पतालको नयाँ ब्लड डोनर केन्द्रमा कार्यक्रम सम्पन्न भएको गोरखा सेवा समाजका अध्यक्ष रामजी खत्रीले जानकारी दिएका छन।
बिहान ८ बजे देखी १२ बजे सम्म संचालन रहेको कार्यक्रममा २६ जनाले रक्तदान गरेको खत्रीले जानकारी दिए।

रक्तदान जीवन दान’ मुलमन्त्र आत्मसात गर्दै स्वस्थ रगत संकलन कार्यमा सहयोग पु¥याउने उद्देश्यका साथ समाजले प्रत्येक ६/६ महिनामा रक्तदान कार्यक्रम आयोजना गर्ने समेत जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस