२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

रेमिटेन्स प्रवाह सबन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

दोहा,
कतारमा कार्यरत नेपाली कामदारहरुलाई मध्यनजर गर्दै १४ अक्टुबर २०२२ शुक्रबार औपचारिक माध्यमबाट रेमिटेन्स प्रवाह सबन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ l नेपाली राजदुतावास कतारले आयोजना गरेको कार्यक्रमलाई एनआरएनए एनसिसि कतारले संयोजन गरेको थियो l

 

कार्यक्रममा बोल्दै राजदुत ढकालले सुचना तथा जानकारीहरुलाई सामान्य श्रमिक सम्म पुर्याउन कतारमा स्थापित नेपाली संघ सस्था र सञ्चारका माध्यमहरुलाई आग्रह गरेका थिए l ढकालले हाल देशको आर्थिक वृद्धिमा रेमिटेन्स र बैदेशक रोजगारको ठुलो हिस्सा रहेको बताउदै रेमिटेन्सलाई औपचारिक माध्यम प्रयोग गरि थप जिम्वेवार नागरिक बन्न आग्रह गरेका थिए l कार्यक्रममा हिमालय बैक लिमिटेडका महाप्रबन्धक उज्याल राजभण्डारी र हिमाल रेमिटका प्रमुख युना श्रेष्ठ प्रमुख बक्ता रहेका थिए l

May be an image of 6 people and people standing

अभिमुखीकरण कार्यक्रममा औपचारिक माध्यमबाट रेमिटेन्स पठाउदा मुलुकलाई बैदेशिक मुद्रा संचयमा सहयोग पुग्ने र व्यक्तिगत रुपमा बैकहरुबाट लिने बिभिन्न सुविधाहरु लिन सकिने जानकारी गराईएको थियो l अवैधानिकरुपमा हुण्डी मार्फत कारोबार गर्दा रकम असुरक्षीत हुने र सरकारले दिने सेवा सुबिधाबाट समेत बन्चित हुनुपर्ने बक्ताहरुले बताएका थिए l उपस्थितहरुले रेमिटेन्स सम्बन्धि जिज्ञासा राख्दै हाल रेमिटेन्स कम्पनीले लिदै आएको शुल्क घटाउन पर्ने, रेमिटेन्सकर्ताहरुलाई नेपाल सरकारले थप सेवा सुबिधा दिनुपर्ने सुझाब दिएका थिए l

May be an image of 6 people, people sitting, people standing, suit and indoor

 

राष्ट्रियगानसंगै औपचारिकरुपमा सुरुभएको कार्यक्रमा नेपाली दुताबास कतारका उपप्रमुख लक्ष्मण खनालले शुभकामना मन्तव्य तथा कार्यक्रमबारे जानकारी गराएका थिए । कतारका लागी राजदुत डा. नरेश बिक्रम ढकालको सभापतित्व सम्पन्न कार्यक्रममा अतिथि एन सी सी कतारका अध्यक्ष मोहमद मुक्तादा मुसलमान रहेका थिए । नेपाली रेमिटेन्स कम्पनी तथा कतारमा स्थापित बिभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको कार्यक्रमको सहजीकरण दित्तिय सचिव भुवन भट्टले गरेका थिए l

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस