२०८१ चैत्र १ गते शनिवार | 2025 March 15th Saturday

व्यवसाय प्रवर्द्धन सम्बन्धि नेपाल व्यवसायी संघ र कतार फाईनान्सियल सेन्टर वीच विशेष छलफल सम्पन्न

दोहा – कतार सरकार अन्तर्गत कतार फाईनान्सियल सेन्टरको विशेष निमन्त्रणा सोमबार नेपाल व्यवसाय संघ कतारले सेन्टरको सभा कक्षमा विशेष भेटघाट एवं साक्षात्कार गरेको छ ।

सेन्टरका तर्फबाट व्यवसाय प्रवर्द्धनकि उपाध्यक्ष अब्बी च्यान सरिक रहेको भेटघाट कार्यक्रममा संघका अध्यक्ष महेन्द्र प्रसाद चौंलागाई, संरक्षक डा. देब काजी डंगोल, उपाध्यक्ष द्वय आर के शर्मा र प्रकाश कोईराला, सचीव सुनिल घिमिरे एवं सदस्य दिपजङ्ग शाह ठकुरीको सहभागीता रहेको थियो ।

भेटका क्रममा सेन्टरका उपाध्यक्ष च्यानले नेपाली व्यवसायी संघ आफ्नो मातहतमा रजिष्टर भैई सामाजिक एवं व्यवसायीक यात्रा तय गरेको प्रती खुशी व्यक्त गर्दै भनिन्, “तपाईँहरूले व्यवसायीक एवं सामाजिक क्षेत्रमा गरेका योगदान र गतिविधिहरू प्रती म निकै प्रभावित रहेकी छु”

झण्डै एक घण्टा लामो भेटघाटका क्रममा च्यानले अगाडी थपिन, “हाम्रो मातहतमा रहेका व्यवसायीक टिमहरू र नेपाली व्यवसायी संघ विच आवस्यक सहकार्य गराउने प्रयास गर्नेछौं।”

छलफलमा सहभागी व्यकसायीहरूले संभावित व्यवसाय, आवश्यक सहजीकरण र कार्यक्षेत्र आदि विषयमा चर्चा गर्दै आफूहरूले व्यवसायीक क्षेत्रमा गरेका गतिविधिहरू सेन्टरलाई अवगत गराएका थिए ।

कन्सुलर एन्जेलिनलाई मायाको चिनो हस्तान्तरण गर्दै अध्यक्ष चौलागाईंले संघलाई निमन्त्रणा दिई उच्च सम्मान दिएको प्रती खुशी व्यक्त गर्दै भने, ‘हामिलाई विभिन्न देशका व्यवसायी, लगानीकर्ता एवं सहजकर्ताहरू संगको भेटघाटलाई तिब्रता दिएका छौं, मलाई विश्वास छ यस सेन्टरले पनि विभिन्न देशका व्यवसायीहरूसंग आवस्यक एसोसिएट हुन सक्ने भुमिका निर्वाह गर्नेछ ।’

चौलागाईंले भने, “हामी कतारमा रहेका विभिन्न देशका कुटनितिक नियोग एवं सम्बन्धित निकाय मार्फत सम्बन्धित देशका व्यवसायीहरू संगको सम्बन्ध प्रगाढ पार्ने प्रयासमा छौं । जस्ले गर्दा कतारमा संचालित व्यवसायलाई थप व्यवस्थित गर्न सकिनेछ भने नेपालमा बाह्य लगानी भित्र्याउन ठूलो टेवा पूग्नेछ ।”

सन् २०१८ मा स्थापना भएको संघले सामाजिक कार्य संगै कतारमा रहेका नेपाली व्यवसायीहरूको हकहितमा काम गर्दै आएको छ ।

कतारमा पहिलो र एक मात्र कतार सरकारमा दर्ता भइ लाईसेन्स प्राप्त गरेको नेपाली संस्थाका रूपमा परिचित संघले नेपालमा ठूला एवं मझौला परियोजनाहरू तय गर्दै छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस