२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

फिफा २०२२ : नोभेम्बर ७ जापानी टोली कतार आउने

दोहा: जापान फिफा विश्वकप कतार २०२२ को लागि कतार आउने पहिलो टोली बन्ने भएको छ ।
नोभेम्बर ७ मा जापान कतार आउने आयोजकले जनाएका छन।
रसियामा भएको अन्तिम टूर्नामेंटमा राउण्ड अफ १६ मा पुग्ने जापानी टोली प्रतियोगिताको समूह ‘ई’ मा रहेको छ । जापान,जर्मनी, कोस्टारिका र स्पेन समूह `ई´मा रहेका छन।
जापानले पहिलो खेल जर्मनीसँग नोभेम्बर 23 मा खलिफा इन्टरनेशनल स्टेडियममा खेल्ने छ। नोभेम्बर २७ मा कोस्टारिका र त्यसपछि डिसेम्बर १ मा स्पेनसँग खेल्नेछ।

प्रकाशित मिति : २०७९ कार्तिक १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस