२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

स्याङ्गजा सहयोग समाज कतारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दोहा,अक्टोबर २१। कतारमा स्थापित स्याङ्जा सहयोग समाज कतारले  देउसी भैलो शुभकामना आदानप्रदान कार्यक्रम एसियन टाउन स्थित सेन्चुरी रेस्टुरेन्टको सभाहलमा सम्पन्न गरेको छ।

नेपालीहरुको महान पर्वहरु बडा दशै,दिपावली,नेपाल सम्बत र छठ लगायतका चाडहरुको पावन अवसरमा प्रवासमै रहेर पनि  नेपालको मौलिक संस्कार संस्कृतीको चाडपर्वहरुको संरक्षण सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने उदेश्य अनुरुप कार्यक्रम गरिएको हो।

No description available.
समाजका अध्यक्ष  प्रकाश परियारको सभापतित्व तथा संस्थाका पुर्व अध्यक्ष बर्तमान संरक्षक तथा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष  टुकराज अर्यालको प्रमुख आथित्व्मा  समाजका प्रमुख संरक्षक गुरुनारायण रानाभाट,  संरक्षकहरु बुद्धि प्रसाद भण्डारी, मो. अजिज अलि, भेषराज पराजुली, , गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष राकेश श्रेष्ठ  आतिथ्यतामा भएको कार्यक्रममा समाजका  वालिङ नगर इकाई अध्यक्ष बिष्णु पङ्गेनी, हरिनाश इकाई,ईकाईहरु भिरकोट नगर इकाई ,अर्जुन चौपारी ईकाई, चापकोट नगर ईकाई  का.ब.अध्यक्ष चन्द्र बि.क.,सांस्कृतिक बिभाग संयोजक रोशन अर्याल, समाजसेवी  सामाजिक अभियन्ता बिशेष अतिथि जीवन पौडेल, समाजका महिला उपाध्यक्ष टौमाया गुरुङ, समाजका सल्लाहकारहरु ( प्रेम राज रिजाल,सरिता पौडेल भण्डारी,प्रमुख सल्लाहकार अजमत अलि,) विशेष अतिथि हरुमा जिल्ला संस्थाका अध्यक्षहरु कास्की आदर्श समाजका अध्यक्ष अग्निधर देवकोटा, तनहुँ सेवा समाजका अध्यक्ष पदम गिरी,मोना कतारका अध्यक्ष नरेन्द्र फगामी, गोर्खा सेवा समाजका अध्यक्ष रामजी खत्री,बाग्लुङ सेवा समाजका उपाध्यक्ष टेकराज रसाइली, लम्जुङ्ग सेवा समाजका उपाध्यक्ष कल्याण थापा, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि पत्रकार कलाकार समाजसेबी बुद्धिजीवी, स्याङ्जाली तथा गैर स्याङ्जाली दाजुभाई दिदिबहिनिहरुको उपस्तिथि रहेको थियो।

No description available.

संस्थाका महासचिव टेक गैरेद्वारा  सहजीकरण गरिएको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष घनश्याम जैशीले  उपस्थित सम्पुर्णलाई स्वागत मन्तब्यद्वारा स्वागत गरिएको  थियो।
कार्यक्रममा विभिन्न ब्यक्तिहरुले शुभकामना मन्तव्य राख्दै नेपालीहरुको महन्न चाड बडा दशै,तिहार,छठ,नेपाल सम्बत लगायतका पर्बहरुको पावन अवसरम शुभकामना ब्यक्त गर्दै उपस्थित सम्पुर्णमा धन्यवाद ब्यक्त गरेका थिए।कार्यक्रमलाई भब्य मनोरञ्जनात्मक बनाउन विभिन्न कलाकारहरु  नृत्यकारहरु शान्ती ओली,सपना नेपाली, गायकहरु :-गोबिन्द गुरुङ्ग, इशान रेग्मी,बाबू कौशल लगायतका कलाकारहरुका दमदार प्रस्तुती थप मनोरञ्जन दिएको थिए।

विभिन्न संस्थाको आयोजनामा भाग लिएर बलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने खेलाडीहरुलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो।अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारका अध्यक्ष अजमत अलिलाई समाजले सम्मान पत्र,कलाकारहरुलाई प्रशंसापत्र प्रदान गरि सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि टुक राज अर्यालले आफ्नो मन्तब्य राख्दै सफलता र बिफलता आफुले समाजलाई दिएको योगदान अहोरात्र खटानमा भर पर्ने बताउदै समाजको नेतृत्व लिदै गर्दा चार कुराहरु अनुशासन,दायित्व,आदर र संस्थाको विधि र बिधान कदापी भुल्न नहुने बताएका थिए।उनले  स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय रुपमा अगाडी बढिरहेको छ।करिब एक करोडको अक्षयकोष निर्माणमा ७० लाख संकलन भैईसकेको जानकारी गराउदै बिश्वभरी रहेका एन सी सी मार्फत सहयोग जुट्दै गरेको बताए।उनले समाजको स्याङ्जामा ब्यबस्थापक सहितको कार्यलय संचालन तथा सहकारी पनि संचालनमा आएको हुँदा कोहि स्याङ्जाली पनि छुट्न नहुने बताए।संस्थाको आफ्नै भवन निर्माण लगायतका कार्यहरू तिब्र रुपमा बढ्दै गएको हुँदा ‘एक थुकी सुकि हजार थुकी नदि’ भने जस्तै विश्वभरी रहेका सम्पुर्ण स्याङ्जालीहरु हातेमालो गर्दै अगाडि बढ्न आग्रह गरेका थिए।त्यसैगरि अर्यालले गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष राकेश श्रेष्ठलाई गण्डकी प्रदेश समन्वय परिषद लाई पनि समन्वय गरि अन्तर्राष्ट्रियको योजनामा ल्याउन पनि सुझाव दिएका थिए।

No description available.

कार्यक्रमको अन्त्यमा सभापति प्रकाश परियारले सनं २००४ देखि समाजसेवामा आवद्ध रहदै आएको बरु आफै भोकै रहेर पनि कदापी समाजसेवामा पछाडी नहटेको बताउदै कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यबाद दिदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।

प्रकाशित मिति : २०७९ कार्तिक ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस