२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

एनआरएनएको शुभकामना: घोचपेच र रस्साकस्सी

दोहा । नेपालीहरूको महान चाडपर्वको अवसरमा एनआरएनए एनसिसि कतार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा समाजका ठुलाबडाहरुले भन्नेहरुले तमाशा देखाए । शुभकामना दिने सिलसिलामा भएको विवाद मुख छाडेर बोल्ने,ततातन र घचेटाघचेट देखि हात हालाहालको स्थिति सम्म पुग्यो । दूतावासमा भएको कार्यक्रममा यसरी गालीगौलज र पाखुरी सुर्क्याउदै मैदान उत्रिनु लाज मर्दो बिषय हो।

दूतावासको भएको कार्यक्रममा प्रमुख अतिथि महामहिम नरेश बिक्रम ढकाल रहेका थिए । यी सबै गतिविधिका प्रत्यक्षदर्शी रहेका उनले त्यसै दिन देखि नेपाली समाजले आयोजना गरेका मध्य कतार सरकारसंग अनुमति लिएका बाहेक अरु कुनै कार्यक्रममा आतिथ्यता नगर्ने घोषण गरे । उनले आफू खुला रुपले नेपाली समाजसंगै हिंड्न् खोजेको भए पनि समाजका गतिविधिका कारण साघुरिनु परेको अभिव्यक्ति दिएका थिए l

कुनै समय प्रवास कतारमा अफ्ट्यारोमा परेका नेपालीहरूलाई साथ र सहयोग गर्ने सिलसिलामा नेपाली समाजको स्थापना भएको थियो । त्यसरी सेवाका लागी  खुलेका नेपाली समाज अहिले २०० हाराहारीमा पुगेको छ । समयको चक्रसंगै सेवाका लागी नेपालीहरुको प्रतिनिधित्व गर्ने गरेको नेपाली समाज अहिले यसरी तहसनहस भएको छ कि एक संस्थाले अर्को संस्थासंग सहकार्य नगर्ने भनेर सार्वजनिक रुपमा नै भाषण गर्ने गर्छन ।

विवाद सुरु बाग्मती प्रदेशका अध्यक्ष राज देवकोटाले शुभकामना मन्तव्य दिदै गर्दा भएको थियो । उनी केही समय अगाडि बागमती प्रदेश समन्वय परिषदको अध्यक्ष नियुक्त हुदा पनि विवादमा मुछिएका थिए । उनले नै मन्तव्य दिने क्रममा फरक प्रसङ्ग बारे बोलेको भन्दै कार्यक्रमका अध्यक्षता गरिरहेका एनसीसी कतारका अध्यक्ष मुक्तदा मुसलमान स्टेजमा आएर रोक्न खोजे पछि विवादले थप मोड लियो ।बोल्ने बोलिरहदा एनसिसी अध्यक्ष र महासचिव माईक खोस्न व्यस्त भए ।
देवकोटाले अन्य संस्थाको गतिविधिलाई चासो लिएर बोल्नु गलत भए पनि यस भन्दा पहिले हुने अन्य कार्यक्रममा यस्ता गतिविधि नभएका होइनन् । यसरी उठेका बिषयलाई मिल्ने रहेछ भने कार्यक्रममा नै सवाल जवाफ हुन्थे भने गम्भीर प्रकृतिको आरोपप्रत्यारोप छ भने आपसी छलफल या मध्यस्थकर्ता रहोबरमा टुङ्याउने गरिएको थियो । यो पटक भने एक आपसमा पाखुरी सुक्याएको दृश्य देखियो । त्यहाँबाट सुरु भएको पाखुरी सुर्क्याई जनसम्पर्क समितीका सभापति अजिज अलि र अन्तर्राष्ट्रिय नेपाली समाजका प्रबक्ता धुर्व क्षेत्री सम्म पुग्यो । दुबैले तुक्ष शब्द सम्म प्रयोग गर्न पुगे अझै अजिज अलिले त आफ्नो संस्थाको कुनै पनि गतिविधिमा नबोलाउने भाषण सम्म ठोके साथै सबैलाई बहिस्कार गर्न समेत अनुरोध गरे । महानपर्वहरुको खुसियालीमा शुभकामना आदानप्रदान भनेर आयोजना गरिएको भए पनि कार्यक्रम  घोचपेच र अरोपप्रत्यारोपमा सिमित भएको थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस