२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

साहित्यकार नबराज लम्सालको एकल कबिता वाचन सहित ११३ औ लक्ष्मी जयन्ती सम्पन्न

दोहा, अक्टोबर २८। साहित्यकार नबराज लम्सालको एकल कबिता वाचन सहित ११३ औ लक्ष्मी जयन्ती कतारमा सम्पन्न भएको छ l जयन्ती  कतारमा स्थापित चार साहित्यिक संस्थाहरु अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर,नवोदित साहित्यिक वाचनालय कतार,सन्ध्याग्रुप अल्खोर (मुग्लानी सौगात) र एन आर एन ए ( एन सी सी) अन्तर्गत साहित्यिक बिभाग लगायतको संयुक्त आयोजनामा सम्पन्न भएको हो l

हरेक सुक्रबार बिभिन्न कार्यक्रम हुने उही व्यक्ति हरुको उपस्थिति उनै व्यक्ति हरुको मन्तब्य सुनेर वाक्क भएका कान हरुलाई यो सुक्रबार भने कबि डा लम्सलले  अमृत नै छर्केको जस्तो बनाएका थिए  l  कार्यक्रममा लम्सालले आफ्नो  जिवनका आरोह अवरोह  अनुभव र अनुभुति  सुनाउदै आफ्ना कृतिहरु कर्ण, धरा भित्रका गद्य तथा पद्य बिधाका  दर्जनौं मिठा रचना तथा  मधुवन लगायत मदन पुरुस्कार जित्न सफल अग्नि  महाकाब्य अन्तर्गतका धेरै कविता वाचन गरि सुनाएका थिए l

१३ औ लक्ष्मी जयन्ती संगै अनेसास नवोदित साहित्यिक वाचनालय कतारको मासिक वाचन श्रृङखलाको १२९ औ वाचन डबली तथा सन्ध्याग्रुप अल्खोर कतारको साहित्यिक बिभाग  मुग्लानी सौगातको ८८ औ वाचन डबली समेत रहेको कार्याक्रम दोहाको  शालिमार रेस्टुरेन्टको सभाहलमा भएको थियो l

अनेसास कतार च्याप्टरका अध्यक्ष मणी पौडेलको सभापतित्व साहित्यकार नवराज लम्साल को प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथिहरुमा एन आर एन ए( एन सी सी) कतारका अध्यक्ष ,नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष ,अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारका , विभिन्न चारिक संस्थाका अध्यक्ष  तथा प्जिरतिनिधिहरु  जिल्ला  संस्था,मातृ संस्था, सामाजिक संस्था, ,पत्रकार, कलाकार, साहित्यकार लगायत नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।

दिप प्रज्वलन, ब्यानर उद्घाटन संगै शुरुवात गरिएको कार्यक्रममा उपस्थित सम्पुर्णलाई एन आर एन ए  कतारका महासचिव तथा साहित्य बिभाग प्रमुख   पदम गिरिले  स्वागत मन्तब्यद्वारा स्वागत गरेका थिए भने महाकबी लक्ष्मी प्रसाद देवकोटाको जिवनी मुल समारोहका  उपसंयोजक  तथा सन्ध्याग्रुप अल्खोर कतारका अध्यक्ष गणेश क्षेत्रीले प्रस्तुत गरेका थिए l

May be an image of 8 people, people standing, balloon and indoor

कार्यक्रममा प्रमुख अतिथी डा. लम्साललाई सम्मानपत्रद्वारा आयोजक संस्थाहरुद्वारा संयुक्त रुपमा खादा दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो भने कतारमा स्थापित नेपाली भाषा साहित्यको संरक्षण सम्बर्द्धन गर्ने उदेस्य स्वरुप स्थापित चार संस्थाहरु अनेसास कतार च्याप्टर,नवोदित साहित्यिक वाचनल

May be an image of 1 person, balloon and indoorय कतार,सन्ध्याग्रुप मुग्लानी सौगात,एन आर एन ए (एनसीसी) कतारको साहित्यिक बिभागद्वारा संस्थागत रुपमा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।

कार्यक्रमको अन्त्यमा सभापति मणि पौडेलले  कार्यक्रम भब्य र सभ्य रुपमा सफल बनाईदिनुहुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए भने  कार्याक्रमको  सहजीकरण सोम थापाले गरेका थिए l

प्रकाशित मिति : २०७९ कार्तिक १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस