२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

फिफा विश्वकप अवधिमा नेपाली दुतावास ११ बजे सम्म मात्र खुल्ने (सुचना सहित )

दोहा ,

फिफा विश्वकप २०२२ को समयमा नेपाली दुतावास कतार बिहान ११ बजे सम्म मात्र खुल्ने भएको छ l विश्वकप २०२२को तयारीका लागी  सरकारी कार्यालयहरु खुल्ने समय बारे कतारको मन्त्रीपरिषदले गरेको निर्णयलाई ध्यान राक्दै नेपाली दुतावासले यस्तो समय तालिका सार्वजनिक गरेको हो l

आज  दुतावासले एक सुचना प्रकाशित गर्दै आउदो नभेम्बर १३ देखि डिसेम्बर १९ सम्म स्थानीय समयअनुसार बिहान ७ बजे देखि ११ बजे सम्म कार्यलय खुला हुने बताएको छ  l

सुचनामा अत्यावश्यक तथा जरुरी  जानकारी तथा कन्सुलर सेवाको लागी  दुतावासको सम्पर्क नम्बर ४४६७६८१ तथा ४४६७५६८३ मा दिनको २ बजे सम्म सम्पर्क गर्न सकिने समेत जनाएको छ l

फिफा  विश्वकप सकिए लगत्तै  २०७९ पौस ५  तदनुसार २० डिसेम्बर २०२२ देखि दुतावास पूर्ववत  नियमत समयमा खुल्ने छ l

No description available.

प्रकाशित मिति : २०७९ कार्तिक २० गते आइतवार
प्रतिक्रिया दिनुहोस