२०८२ पुष २ गते बुधवार | 2025 December 17th Wednesday

फिफा विश्वकपको टिकट अवैध रुपमा विक्री गर्ने तीन जना पक्राउ

दोहा – फिफा विश्वकपको टिकट अवैध रुपमा विक्री वितरण गर्ने तीन जना पक्राउ परेका छन।

यहि नोबेम्भर २० देखि शुरुहुने फिफा विश्वकप २०२२ को टिकट गृह मन्त्रालयलको कानुन उल्लंघन गरि बिक्री गर्ने तिन जना पक्राउ परेका हुन।

कतारको गृह मन्त्रालय (एमओआई) ले फिफा विश्वकपको टिकटहरू फिफा र कतार राज्यद्वारा स्वीकृत आधिकारिक आउटलेटहरू बाट मात्र बिक्री गर्न अनुमती दिएको छ।

मन्त्रालयले सर्वसाधारणलाई फिफाको आधिकारिक टिकटिङ प्लेटफर्मबाट मात्र विश्वकपको टिकट खरिद गर्न पहिला नै सुझाव दिएको थियोे ।

अब ६ दिन मात्रै बाँकी रहेको फिफा विश्वकपको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस