
दोहा । फिफा विश्वकपअन्तर्गत बिहीबार समूह चरणको दुई खेलमा मोरोक्को र क्रोएसिया नकआउट चरणमा पुगे भने बेल्जियम र क्यानाडा समूह चरण बाटै बाहिरिए l
अन्तिम १६ मा पुग्नका लागि आज समूह ‘एफ’मा बेल्जियमलाई जित्नैपर्ने दबाब थियो । तर, कतारको अहमेद बिन अली रंगशालामा साविक उपविजेता क्रोएसियासँग बराबरीमा रोकिएपछि बेल्जियम समूह चरणबाटै बाहिरियो । यो बराबरीले भने क्रोएसिया समूह उपविजेताको रूपमा प्रिक्वार्टरफाइनल प्रवेश गरेको हो l
यता अर्को खेलमा क्यानडालाई २–१ ले पराजित गर्दै मोरोक्को समूह ‘एफ’ को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्यो ।
कतारको अल थुमामा रंगशालामा सम्पन्न खेलमा मोरोक्कोका हाकिम जियाच र युसेफ एन नेस्हरीले गरेका गोल गरेका थिए । क्यानडाले मोरोक्कोका नयेफ अग्युर्डबाट आत्मघाती गोल उपहार पाएको थियो ।
यो जितसँगै समूहको शीर्ष स्थानमा रहेको मोरोक्कोले तीन खेलबाट सात अंक जोड्यो । समान खेलबाट पाँच अंक जोडेको क्रोएसिया दोस्रो स्थानमा छ भने तीन खेलबाट चार अंक जोडेको बेल्जियम र अंकविहीन क्यानडा भने विश्वकपको पहिलो चरणबाटै बाहिरिएका हुन् l
आज कतारको समय १० बजे देशी जापन र स्पेन र आर्को खेलमा कोस्टारिका र जर्मनी खेल्दै छन् जसमा अहिले सम्म जापान र स्पेन बराबरी खेलेका छन् भने जर्मनेले कोस्टारिकालाई १ गोल गरेको छ l