२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

नेपाली जनप्रगतिशील मञ्च कतारले बृहत रक्तदान कार्यक्रम गर्ने

दोहा-नेपाली जनप्रगतिशील मञ्च कतारले बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।
नेपाली जनप्रगतिशील मञ्च कतारले डिसेम्बर ९ तारिक शुक्रबारका दिन बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो।
फिफा वर्ल्डकपले कतारमा बढ्दो मानवचाप सङ्गै बिरामीको संख्या पनि बढ्ने र ब्लडको आवश्यकताको  मात्रमा कमिहुन सक्ने अनुमान गर्दै केहि हदसम्म भएपनी राहत हुनसक्छ भएकाले  कार्यक्रमको आयोजना गरिएको मञ्चका अध्यक्ष बुद्धि प्रसाद भण्डारीले बताएका छन।
मानविय कार्यको लागि कतारमा स्थापित सम्पुर्ण,संघसंस्था,बुद्धिजीवी,पत्रकार,कलाकार,दाजुभाइ तथा दिदीबहिनीहरु साथै मञ्चका सम्पुर्ण सल्लाहकारहरु,पदाधिकारी,सचिवालयसदस्यहरु, कार्यसमितिसदस्यहरू,बिभागिय समित लगायतलाई रक्तदान गर्न भण्डारीले आग्रह गरे।

कतारको अलसाद स्थित हमाद हस्पिटलको न्यु ब्लड डोनेसन सेटरमा  कार्यक्रमको आयोजन गरिएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस