२०८१ चैत्र १ गते शनिवार | 2025 March 15th Saturday

गण्डकी प्रदेश समन्वय परिषद कतारको  छैटौं स्थापना स्थापना दिवस सम्पन्न

दोहा ,

“हाम्रो अभिभारा समृद्ध गण्डकी  प्रदेश   “ को नारा सहित सन् २०१७  मा स्थापित गण्डकी प्रदेश समन्वय परिषद कतारले   छैटौं  स्थापना दिवस   सम्पन्न गरेको छ lदेशमा संघीयताको लागु भैसके पछि कतारमा स्थापित गण्डकी प्रदेशका ११ जिल्लासंस्थाहरुलाई समन्वय गर्दै  स्थापित संस्थाले गत विहीबार आफ्नो  छैटौं स्थापना  स्थापना दिवस भब्य रुपमा सम्पन्न गरेको हो l

समितिका अधक्ष्य राकेश श्रेष्ठ को  सभापतित्व तथा एन आर एन ए आई सी सी सचिब  प्रविन गुरुङको प्रमुख  आथित्यतामा संम्पन्न कार्यक्रममा  स्थापक ससस्यहरु , सल्लाहकारहरु , बुद्धिजीवी,व्यवसायी , गण्डकी  प्रदेश अन्तर्गतका जिल्ला सस्थाका प्रमुख  तथा प्रतिनिधिहरु, एन आर एन ए एन सी सी अध्यक्ष मोहमद मुक्तादा मुसलमान,  साथै बिभिन्न बैचारिक संगठनका प्रमुख तथा प्रतिनिधि , पत्रकार तथा  बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो l

रास्ट्रीय गान , ब्यानर अनावरण , गरि विधिवत रुममा संचालित कार्यक्रममा गण्डकी प्रदेश समन्वय परिषद कतारको लोगो अंकित केक काटेर  उपस्थितहरुलाई बार्षिक उत्सबको अबसरमा मुख मिठो समेत बनाइएको थियो l  महासचिव सन्तोष  रेग्मीद्वारा संचालित कार्यक्रममा स्वागत मन्तब्य वरिस्ट उपाध्यक्ष सागर  पौडेलले  राखेका थिए l

May be an image of 6 people, people standing and indoor

कार्यक्रमका शुभकामना मन्तव्य राख्दै वक्ता हरुले गण्डकी प्रदेश समन्वय परिषद कतार ले बिभिन्न काल खण्डमा गरेका सामाजिक कार्यहरुको प्रसंशा गदै आउदो समयमा  अझै उत्कृष्ट सामाजिक कार्यको लागी हौसला दिएका थिए l बक्ता हरुले गण्डकी प्रदेश आफैमा पर्यटकीय क्षेत्र भएका कारण परदेशबाट पनि यसमा टेवा पुग्ने काम गर्ने साथै सामुहिक लगागीमा गएर देश र गण्डकी प्रदेशको बिकाशमा हातोमालो गर्नुपर्ने र नेपाल फर्केर गए पछी तेही लगानीलाई पेन्सनको रुपमा ग्रहण गर्ने सकिने बताएका थिए l

कार्यक्रमको अन्त्यमा सभापति तथा अध्यक्ष राकेश श्रेष्ठले  उपस्थीत सम्पूर्णलाई धन्यबाद सहित कार्यक्रम समापन गरेका थिए l

 

प्रकाशित मिति : २०७९ पुष १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस