२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

कतारमा नेपाली ब्यबसायीको उत्साह पूर्ण लगानी, थपियो ब्युटी सेन्टर

कतार ।

वैदेशिक रोजगारीको लागिमात्र भनेर चिनेने कतारमा पछिल्लो समय नेपाली ब्यबसायीहरुले उत्साह पूर्ण लगानी गरिरहेका छन् l करिब साढे ३ लाख नेपालीहरुले रोजगारी तथा व्यवसाय गरिरहेका कतारमा नेपाली रेस्टुरेन्ट, ट्रेडिङ कम्पनी , हस्पिटालिटी   ब्यबसाय  देखिदै आएपनि  पछिल्लो समय ब्युटीपार्लर व्यवसाय पनि नेपालीको रोजाइमा पर्ने थालेको छ l

नयाँ बर्ष २०२३ को  अवसर पारेर कतारमा रहेका नेपाली ब्यवसायीहरु पुर्ण बहादुर पोखरिया र राकेश श्रेष्ठले हेरमोसा ब्युटी सेन्टरको सुरुवात गरेका छन ।कतारको अल सादमा रहेको अल अस्मख मलमा  ब्यवसायी दोयको संयुक्त लगानीमा उक्त ब्युटी सेन्टर खोलेका हुन् l

नेपाली ब्याबसायी हरुका पहिला पनि ब्युटीपार्लर नभएका भने हैनन् , भिल्ला र सुक मा मात्र सिमित यस ब्याबसाय अब फराकिलो बनेको छ l कतारको ठुलै मल हरुमा पर्ने अल अस्मख मलको बेसमेन्टमा रहेको हेरमोसा ब्युटी सेन्टर ठुलो लगानीमा  कतारको मलमा नेपालीहरुबाट खोलिएको  पहिलो ब्युटी ब्यावसाय हो l

कतारी नागरिक अली मुबारक र संचालकद्वयले रिवन काटेर समुदघाटन गरी सन्चालनमा ल्याईएको उक्त पार्लरमा  मेकअप र सुन्दरतासँग जोडिएका सबै कार्य गरिने संचालकहरुले बताएका छन । सेन्टरमा उदघाटनको अवसरमा ४०% छुटको ब्यवस्था रहेको छ l

May be an image of ‎1 person, cosmetics and ‎text that says '‎Opening ceremony Happy new year 2023 SPECIAL OFFER 20% 50% Offer ends 15 th January 2023 noerTosa orlor Makeup Hair Services Eye Services Wax services Facial services Party makeup Bridel makeup Face massage Body massage And many more... Location: Basement floor,A asmakh mall Al للتجميل هيرموسا مرکز HERMOSA BEAUTY CENTER 50008054 Mob: 50008054, 77303399 hermosabeautycenter08@gmail.com‎'‎‎

 

 

प्रकाशित मिति : २०७९ पुष १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस