२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

नवलपरासी सेवा समाज कतारको चौथो वार्षिक उत्सव सम्पन्न

दोहा- नवलपरासी सेवा समाज कतारले आफ्नो चौथो वार्षिक उत्सव साथै अंग्रजी नयाँ वर्ष २०२३ को शुभकामना आदानप्रदान कार्यक्रम धुमधामसँग मनाएको छ।

“आपसी सहयोग,सदभाव र एकता सामाजिक सेवामा हाम्रो प्रतिबद्धता”भन्ने मुल नाराका साथ कतारमा सन २०१८ मा स्थापना भएको समाजले आफ्नो चौथो वार्षिक उत्सव साथै अंग्रजी नयाँ वर्ष २०२३ को शुभकामना आदानप्रदान कार्यक्रम  धुमधामसँग मनाएको हो।

नवलपरासी सेवा समाज कतारका अध्यक्ष कृष्ण पन्थीको सभापतित्वमा भएको कार्यक्रम समाजका संरक्षक केबि हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे।

कार्यक्रममा समाजका कोषाध्यक्ष नर वहादुर थापाले बचत कोष नवलपरासीको आर्थिक विवरण र गतिबिधी प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेपाल देखि कतार आएका नवलपरासी सेवा समाज कतारका आजिवन सदस्य तथा अभिभावक एबम अध्यक्ष कृष्ण पन्थीका पिता राम प्रसाद पन्थी र माता तुलसा कुमारी पन्थीलाई सम्मान पत्र प्रदान गरी दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा संरक्षक समितीका सदस्य प्रेम प्रसाद पौडेल,प्रमुख सल्लाहकार सजन लौडारी, सल्लाहकारहरु कमल खरेल, भिम चापागाई,बिश्वराज नेपाल, बिस्नु अधिकारी,निबर्तमान कोषाध्यक्ष राज पाठक,बर्तमान कार्यसमितिका सम्पूर्ण पदाधिकारी एबम सदस्यहरु, बचतकोषका सदस्यहरु र दोहा स्थित नवलपरासीबासी दाजुभाइ र दिदिबहिनीहरुको उल्लेख उपस्थिति रहेको थियो।

शुक्रबार सनैया स्थित फुलबारी रेस्टुरेन्टमा सम्पन्न वार्षिक उत्सव कार्यक्रमको सन्चालन र सहजीकरण महासचिव दुर्गा हमाल साथै स्वागत समाजका द्वितीय उपाध्यक्ष सुरज कुवरले गरेका थिए।

प्रकाशित मिति : २०७९ पुष २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस