२०८१ असोज २९ गते मङ्गलवार | 2024 October 15th Tuesday

मिर्गौला पीडितलाई टिकटक समाज कतारको आर्थिक सहयोग

दोहा:टिकटक समाज कतारले मिर्गौला पीडितलाई आर्थिक रकम सहयोग गरेको छ।

रामघाट पोखराका बिरेन्द्र नेपालीलाई कतारमा रहेको नेपाली टिकटक समाजले  आर्थिक रकम सहयोग गरेको हो।

दुबै मिर्गौला फेल भएका २३ बर्षिय नेपालीको उपचारका लागि आर्थिक अभाव भएपछि  समाजको अगुवाईमा रकम सङकलन गरि ४८ हजार २ सय ७० रुपैया शनिवार नेपाल पठाइएको हो।

बिगत २ बर्ष देखि मिर्गौला पीडित नेपालीको ज्यान जोगाउन समाजसेवि गिभिना बुद्धले ‘ज्यान जोगाउ’ अभियान समेत बिगत केहि दिन देखि सञ्चालन गरिरहेकि छिन।

समाजसेवि गिभिना बुद्धको टिकटक एकाउन्ट मार्फत नेपाली टिकटक समाजका संस्थापक श्याम पान्डेको सहकार्यमा आर्थिक रकम पठाइएको हो।
संस्थापक पान्डेका अनुसार नेपाली टिकटक समाज  सामाजिक संस्था भएको कारण  समाजमा रहेर समाजको हितको लागि काम गर्ने उदेश्य बोकेको यस संस्थाले मिर्गौला पीडित नेपालीको ज्यान जोगाउन संस्थाका सबै कार्यसमिति, सदस्य, साधारण सदस्य मिलेर ब्यक्तिगत रुपमा रकम सङकलन गरेको हो ।

संस्थाका अध्यक्ष लक्ष्मी दर्नालले वैदेशिक रोजगारमा आएका टिकटकर सबै मिलेर खोलिएको यस संस्थाले सामाजिक कामकै लागि बिगत केहि बर्षदेखि जुटेको र “सेवा नै धर्म हो “संस्थाको मुल नारा भएकोले सानो सहयोगले कसैको ज्यान जोगिन्छ भने हामी किन पछि हटने भनेर रकम संकलन गरेको बताईन।

उनका अनुसार मिर्गौला पीडित नेपालीको उपचारका लागि १० लाख रुपैयाँ आवश्यक पर्ने भएकोले संस्थाका सबै मिलेर रकम पठाईएको उनले बताईन ।

नेपालीको ज्यान जोगाउन समाजसेवि गिभिना बुद्धले मुक्तिनाथ बिकास बैंकको खाता नम्बर-०७८२२३००७०४२४८०००००१ मा जो कोहिले पनि आर्थिक  सहयोग गर्न सकिने र बिरेन्द्रको ज्यान जोगाउन आफु सङ्गै सबैलाई आग्रह गरेको समाजकी अध्यक्ष दर्नालले बताईन ।

प्रकाशित मिति : २०७९ माघ १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस