२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

नेपाल जनजाती महासंघ कतारको अध्यक्षमा: डि.एन मगर

दोहा : नेपाल आदिवासी जनजाती महासंघ कतारको नवौं अधिबेशन बाट २०२३- २०२५ कार्यकालको लागि अध्यक्षमा `डिएन मगर´ निर्विरोध निर्वाचित भएका छ्न ।

“पहिचान, पहुच, प्रतिनिधित्व र समावेशिकरणको लागि आदिवासी जनजाति आन्दोलन, जाति, भाषा, धर्म र संस्कृति संरक्षणको लागि देशब्यापी राष्ट्रिय जागरण”  भन्ने मुल नाराको साथ सन : २००६ मा कतारमा स्थापना महासंघ कतारको नवौं अधिबेशन ओशिस विच क्लवको सभाहलमा गत शुक्रबार सम्पन्न भएको हो ।

जनजाती महासंघ कतारका अध्यक्ष पुरुषाेतम सुनुवारको
सभापतित्वमा शुरु भएको कार्यक्रममा कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकालको प्रमुख आतिथ्यता रहेको थियो । ब्यानर उद्घाटन,दिप प्रज्वलन गर्दै औपचारिक रुपमा सुचारु गरिएको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष काजी गुरुङले स्वागत मन्तव्य राखेका थिए भने संघका कलाकारहरु द्वारा स्वागत नृत्य प्रस्तुत गरिएको थियो ।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली दूतावास कतारका महामहिम राजदुत डा.नरेश बिक्रम ढकालले बिश्वमा आदिवासी जनजातीको हरुको आफ्नै भाषा,धर्म सस्कृती, रितिरिवाज परम्परा अग्र स्थानमा रहेको साथै विभिन्न भाषा, धर्म, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेकोमा त्यसको सम्मान, संरक्षण र प्रबर्द्धन गर्नु हामी सबैको दायित्व र कर्तव्य रहेको डा. ढकालले बताए।

आफु कतार आएको केही समय मात्र भएको हुँदा,धेरै बर्ष कतार बसेका नेपाली साथीहरु बाट सुझाव सल्लाह पाउन र नेपाली श्रमिक लगायत सबैको सहजताको लागि दूतावासको फेसबुक पेजमा नम्बर राखिएको र आएका सुझाव सल्लाह अनुरुप छिटो छरितो र सहजता पुर्बक कार्य गर्न नेपाली राजदुतावास तत्पर रहेको बताए । आफुले भ्याएसम्म नेपाल र नेपालीको शिर झुक्ने कार्य गर्ने छैन भन्दै प्रमुख अतिथि ढकालले महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा सामाजिक व्याक्तित्व बिमल सुवेदी ,सागर नेपाल, नेपाली जनसम्पर्क समिति कतार उपसभापति ठाकुर कुमार परियार, नेपाली समाज कतारका अध्यक्ष तेज मोक्तान तामाङ, नेपाली जन प्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भन्डारी, एनआर एनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, एनआरएनए आइसिसि बाट तेज कटुवाल महासंघ कतारका प्रमुख सल्लाहकार शिव कुमार भुजेल लगायतको मन्तव्य रहेको थियो ।

संस्थापक सदस्य तथा सल्लाहकार द्वय बिल गुरुङ, शुक बहादुर तामाङ र नेपाली नियोगका दृतिय सचिव प्रवीण भट्टराईलाई फेटा बाँधि, दोसल्ला र मायाको चिनो सहित सम्मान बाट सम्मानित गरिको थियो । महासंघमा आबद्ध विभिन्न मातृ संस्थाका कलाकारहरुले आफ्नै भेषभुसामा सजिएर आफ्ना मौलिक धर्म संस्कार अन्तर्गत रहेका गीत, नृत्यहरु प्रस्तुत गर्दा कार्यक्रमको रौनकता थपिएको थियो।१४ मातृ संस्था सहित सम्पुर्ण कलाकार लाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।

नेपाल मगर संघ,किरात याक्थुङ चुम्लुङ , तमु (गुरुङ) समाज, किरात राई यायोक्खा, नेपाल प्रवासी तामाङ समाज कतार,थारु कल्याणकारिणी सभा, सुनुवार सेवा समाज, प्रवासी भुजेल समाज,नेवा पुचः माझि सेवा समाज,नेपाली धानुक समाज,शेर्पा किदुंग, प्रवासी दनुवार संगठन, ताजपुरिया समाज कल्याण परिषद गरि महासंघ कतारमा१४ आवद्ध मातृ (जातीय) संस्थाहरु रहेका छ्न ।

महासचिव एकराज राईले सहजिकरण गरेको कार्यक्रममा संस्थाका अध्यक्ष एवंम कार्यक्रम सभापति पुरुषोतम सुनुवारले आफ्नो मन्तव्य राख्दै महासंघ कतारलाई अझै सकृय रुपमा अघिबढाउन कटिबद्ध भएर लागि पर्ने प्रतिबद्धताका साथ कार्यक्रम सम्पन्न गर्न विभिन्न माध्यमद्वारा सहयोग पुर्याउनु हुने सम्पुर्णलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।

२०२३- २०२५ कार्यकालको लागि जनजाती महासंघ कतारको नयाँ कार्यसमिति ।
१. अध्यक्ष – डि.एन. मगर (दुर्गा प्रसाद पाङमी)
२. बरिष्ठ उपाध्यक्ष – भाईकाजी गुरुङ
३. प्रथम उपाध्यक्ष – एकराज राई
४. द्वितिय उपाध्यक्ष – मिलन भुजेल
५. महासचिव – धिरेन तामाङ
६. उप–माहासचिव – हरि बहादुर महतो
७. सचिव – राकेश श्रेष्ठ
८. कोषाध्यक्ष – तेन्जि शेर्पा
९. सहकोषाध्यक्ष – सुजन माबो लिम्बु
१०. विभागिय सचिव – तेजिलाल मण्डल
११. विभागिय सचिव – जमुना श्रेष्ठ
१२. वभागिय सचिव – ल्हेमी शेर्पा
१३. विभागिय सचिव – रमानन्द चौधरि
१४. विभागिय सचिव – लिला राई
१५. विभागिय सचिव – निर बहादुर सुनुवार
संघिय परिषद सदस्यहरु
१६. विजय कुमार मगर
१७. अभिमत पुन मगर
१८. सुनिल लिम्बु
१९. कृष्णमाया लिम्बु
२०. दुर्गा गूरुङ
२१. शिला गुरुङ
२२. प्रम कुमार राई
२३.राम कुमारि तामाङ
२४. श्री कहादुर पाख्रीन
२५. कञ्चन कुमारी चौधरी
२६. मेनुका सुनुवार
२७. कमल विक्रम सुनुवार
२८. रोज भुजेल
२९. गिता भुजेल
३०. राम बहादुर मानन्धर
३१. प्रकाश मण्डल
३२. राजेन्द्र मण्डल
३३. पेम्बा शेर्पा रहेका छ्न ।

प्रकाशित मिति : २०७९ माघ २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस