२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

दोहामा शेर्पा समुदायले `ग्याल्पो ल्होसार´मनाउँदै

दोहा : बौद्ध धर्मावलम्वीहरुको महान राष्ट्रिय पर्व तथा नयाँ बर्ष (छ्यु मो ह्ये लो २१५०) औं को शुभ-अवसरमा शेर्पा समुदायले “ग्याल्पो ल्होसार” चाड मनाउने भएका छ्न ।

“शेर्पा किदुग दोहा कतार”को आयोजनामा “भाषा धर्म कला र संस्कृती हाम्रो पहिचान,जातीय र सामाजिक सद्भाव हाम्रो स्वाभिमान” भन्ने मुल नाराका साथ सन :२०१७ मा स्थापना गरिएको संस्थाको आयोजनामा “ग्याल्पो ल्होसार” चाड मनाउन लागिएको हो ।

“शेर्पा कला संस्कृति झल्किने ” विविध साँस्कृतिक र कतारमा रहेका स्थानिय कलाकारको बेजोड प्रस्तुति
,शुभकामना आदानप्रदान कार्यक्रम सहित यहि आउँदो फेब्रुअरी २४ तारिक शुक्रबार, फुलबारी रेस्टुरेन्ट सनैयाको सभाहलमा उक्त कार्यक्रम गर्न लागेको किदुग अध्यक्ष तेन्जी शेर्पाले जानकारी गराए ।

कार्यक्रममा कतारमा रहने सम्पुर्ण शेर्पा तथा गैर शेर्पा दाजुभाइ तथा, तथा दिदी बहिनी हरुलाइ उक्त कार्यक्रममा उपस्थित भइ कार्यक्रमको सोभा बढाइ दिनुहुन अनुरोधका साथै हार्दिक निमन्त्रणा गरिएको पनि अध्यक्ष शेर्पाले बताए ।

बिहान ११ बजे देखि औपचारिक रुपमा कार्यक्रम सुचारु हुने आयोजक संस्था शेर्पा किदुग दोहा कतारले जनाएको छ ।

प्रकाशित मिति : २०७९ माघ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस