२०८२ असार २२ गते आइतवार | 2025 July 6th Sunday

गण्डकी प्रदेश समन्वय परिषद कतारको अध्यक्षमा सागर पौडेल

दोहा – गण्डकी प्रदेश समन्वय परिषद कतारको तेश्रो साधारण सम्पन्न भएको छ । साधरणसभाको बन्द सत्रवाट सागर पौडेल (बाग्लुङ) अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन ।

अध्यक्ष राकेश श्रेष्ठको सभापतित्व तथा कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकालको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो । अधिवेशनको खुल्ला सत्रको अन्त्यतिर बोल्दै प्रमुख अतिथी ढकालले प्रवासी नेपालीहरुको देश विकासमा ठूलो योगदान रहेको बताए । उनले देशको अर्थतन्त्रतर्फ ईङ्गित गर्दै बिश्वभर रहेका नेपालीले श्रीलंकाबाट धेरै कुरा सिक्न र बुझ्न सकिने बताए । दुतावासले श्रमिक मुखी र राज्यको हितका लागी बृहत्तर कार्य गरीरहेको र छिट्टै नतिजा गर्व गर्न लाएक आउने बताए ।

सागर पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रममा महासचिव सन्तोष रेग्मीले कार्यप्रगति विवरण र कोषाध्यक्ष कल्याण थापाले आयब्याय प्रस्तुत गरेका थिए । कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिती तथा शुभकामना मन्तव्य रहेको थियो ।

साधरणसभा मार्फत परिषदले संचालन गरेका हरेक सामाजिक, परोपकारी र मानविय कार्यमा सहयोग पुर्याउने ब्यक्ति संस्था साथै सञ्चारकर्मीहरुलाई सम्मान गरीएको थियो ।

महासचिव रेग्मीले सहजीकरण गरेको साधरण सभाको खुल्ला सत्रको समापन गर्दै सभापति श्रेष्ठले आफ्नो कार्यकाल मात्र सकिएको तर जिम्मेवारी नसकिएको बतॉउदै सधै समाजसंग रहने प्रतिबद्धता ब्यक्त गरे ।

नव निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्ष नन्दलाल बिक (पर्बत) उपाध्यक्ष हेम बा बिक बिक्की, (कास्की) महासचिव कल्याण थापा (लमजुङ), सचीव अर्जुन सङ्रगौला (गोर्खा), कोषाध्यक्ष रोशन अर्याल (स्याङ्जा) रहेका छन ।

सपथ ग्रहण पश्चात बोल्दै नवनिर्वाचित अध्यक्ष पौडेलले सामाजिक मर्यादामा रहेर र गन्डकी प्रदेश भित्रका सबै जिल्लाको अभिभावक संस्था बन्न सक्ने गरी सबैलाई समेटेर सामाजिक कार्यसम्पादन गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।दोहाको एक होटेलको सभाहलमा निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक हंशराज ढकालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

परिषदको बिधान अनुरुप कतारमा रहेका गन्डकी प्रदेश मातहतका जिल्ला संस्थाका अध्यक्षहरु स्वत पदेन सदस्यहरु रहने ब्यबस्था छ । कतारमा गन्डकी प्रदेश भित्रका जिल्लाहरु मध्ये म्याग्दी प्रवासी नेपाली संघ (मोना) कास्की आदर्श सेवा समाज, पर्बत समाज,

स्याङ्जा सहयोग समाज, बाग्लुङ सेवा समाज, गोर्खा सेवा समाज , तनहु सेवा समाज , लम्जुङ सेवा समाज, नबलपुर सेवा समाज, कतार रहेका छन् ।

प्रकाशित मिति : २०७९ माघ २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस