२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

कतारमा जनगायक बिष्णु खत्रीको साथ् मनाईयो २८ औं जनयुद्ध दिवस

दोहा : नेपाली जनप्रगतिशिल मञ्च, रास्ट्रीय समिती कतारको विशेष आयोजनामा २८ औं जनयुद्ध दिवसको शुभ अवसरमा दोहामा “प्रगतिशील साँस्कृतिक साँझ २०२३ ” कार्यक्रम सम्पन्न भएको छ ।

वरिष्ठ राष्ट्रिय कलाकार- सर्जक,गायक,सङ्गीतकार बिष्णु खत्रीको विशेष उपस्थितिमा,स्थानिय कलाकार हरुको बेजोड प्रस्तुतिमा, नौमिती पन्चेबाजा र जनयुद्धका सहिद हरुको सम्मान गर्दै अल अत्तिया स्थित फुलवारि रेस्टुरेन्टको सभाहलमा औपचारिक रुपमा कार्यक्रम समापन गरिएको हो ।

मञ्चका अध्यक्ष बुद्धि प्रसाद भन्डारीको सभापतित्व,पश्चिम एसिया संयोजक शनि कुमार ओलिको प्रमुख आथित्यमा भएको कार्यक्रममा बैचारिक , सामाजिक तथा जिल्लागत
संघ संस्था लगायत कतारमा कार्यरत थुप्रै नेपाली हरुको उपस्थिति रहेको थियो। बिधिवत उट्घाटन गरि संचालन गरिएको कार्यक्रममा उपाध्यक्ष कृष्ण परियारले स्वागत मन्तव्य राखेको थिए ।

कार्यक्रमका प्रमुख अतिथि ओलिले “२८ औं जनयुद्ध दिवसको” शुभकामना व्यक्त गर्दै सशस्त्र जनयुद्ध नेपालको परिवर्तनको सम्भावक रहेको टिप्पणी गरे ।न्याय र समानताको लडाइँ निरन्तर अगाडि बढ्ने क्रममा आफुहरुले “जनयुद्ध” गरेको तर अहिले विभिन्न अर्थमा परिभाषित गरेका छ्न ।

`सान्ती सम्झौता गर्ने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला (गिरिजा बाबू ) बाचेँका भए ´ जनयुद्धको बारेमा परिभाषा गर्ने थिएनन, धेरै टीका टिप्पणी गर्ने थिएनन । तर अहिले उनै पार्टीका नेताले जङ्गली भन्दा, दु:ख लागेको ओलिले बताए ।

“हामी स्वभाविक रुपमा युद्दमा थियौ, जङ्गलमा थियौ, डाँडा काँडा प्रयोग गरेयौँ, त्यो रणनीतिक कुरा हो,जङ्गलको छेउछाउँमा बस्ने गरिव,जनजाती,दलित हरुले जनयुद्धमा ठूलो त्याग,तपस्या र बलिदान गरेको कारण देशमा राजतन्त्र हटाउन सम्भव भएको भन्दै ओलिले अब यो बारेमा धेरै बहश गर्नुपर्ने जरुरत नभएको बताए ।

कार्यक्रममा एनआरएनए आइसिसीका विभिन्न तह तप्काका पदाधिकारीहरू लगायत कतारमा स्थापित विभिन्न जिल्ला, प्रदेश परिषद्, वैचारिक सङ्गठन, महिला समाज, पत्रकारहरू, सामुदायिक सङ्घसंस्थाहरूका अध्यक्ष तथा प्रतिनिधीहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका मुख्य आकर्षक रास्ट्रिय ख्याती प्राप्त कलाकार,गायक संगीतकार, गीतकार बिष्णु खत्री रहेका थिए । ३ चोटि सम्म स्टेजमा निक्लेका उनले करिव १ दर्जन चर्चित लोकगीत हरु पस्किए ।

उनले जनयुद्ध, किसान,गोठाला,गाउँले, महिला विकृति, विसङ्गती, गरिबी,उत्पीडन,मायाँ प्रेम, छुवाछुत जस्ता सामाजिक मुद्दामा आधारित रहेको विभिन्न गीत,एल्बम
आन्दोलनमा घाइते भएर, रोधी राम्रो, भरिया दाइ’, ‘अन्तरजातीय विवाह’, ‘कि लास चाहियो, कि सास चाहियो’ ’ लगायत गीत हरुमा प्रस्तुती दिदा कार्यक्रम निकै आकर्षक
बनेको थियो ।

कार्यक्रममा स्थानिय कलाकारहरु शान्ता ओलि,शृस्टि श्रेष्ठको ग्रुपिङ नृत्य, लुना खतिवडा, रेस्मा सेन्चुरी लगायतको साँस्कृतिक प्रस्तुति पनि रहेको थियो, भने नेपालको मौलिक पन्चेबाजामा सबैजना कम्मर कसेर नाचेका थिए ।

अनिल परियारले सहजीकरण गरेको कार्यक्रमलाई समापन गर्दै सभापती बुद्धि प्रसाद भणडारिले नेपालको परिवर्तनको आधार जनयुद्ध रहेको र यहि उत्सव मञ्चले हरेक बर्ष मान्ने बताए । यो पाली जनगायक बिष्णु खत्रीको विशेष उपस्थितिमा भब्य कार्यक्रम गर्न सफल रहेको बताउदै उपस्थिति सम्पुर्णमा आभार व्यक्त गर्दै कार्यक्रम समापन गरे ।

सन : २००७ मा कतारमा स्थापना भएको मञ्चले स्थापना काल देखीनै विभिन्न कार्यक्रम गर्दै जनयुद्ध दिवस भब्य तरिकाले मनाउदै आएको छ।

प्रकाशित मिति : २०७९ फाल्गुन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस