२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

स्याङ्गजा सहयोग समाज कतारको १८औं वार्षिकोत्सव सहित साँस्कृतिक कार्यक्रम हुँदै

दोहा – स्याङ्गजा सहयोग समाज कतारको आयोजनामा १८औं वार्षिकोत्सव तथा बाल, वृद्ध आश्रम सहयोगार्थ विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

“स्याङ्गजा सहयोग समाजको चाहना विशुद्ध सामाजिक सेवाको भावना”भन्ने नाराका साथ प्रवासमा दु:ख, पिडामा परेका नेपाली हरुको सहयोगार्थ सन : २००५ मार्च ४ मा स्थापना गरिएको समाजले ३ मार्च २०२३ शुक्रबार शालीमार (इस्तान्बुल) रेष्टुरेन्ट दोहा नज्माको सभाहलमा उक्त कार्यक्रम गर्न लागीरहेको अध्यक्ष प्रकाश परियारले बताए ।

कार्यक्रममा काठमाण्डौ म्युजिकल ब्याण्ड,नेपालको मौलिक पन्चेबाजाको साथमा स्थानिय कलाकार हरुको आकर्षक लाइभ दोहोरी साथै नृत्य  प्रस्तुति रहने अध्यक्ष परियारले जानकारी गराए ।

कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुखहरु , समाजसेवी, बुद्धिजीवी, व्यावसायी, पत्रकार, कलाकार साथै कतारलाई कर्म थलो बनाई रहनु भएका सम्पूर्ण स्याङ्गजा बासी तथा गैर-स्याङ्गजा बासी दाजुभाई तथा दिदी बहिनीहरुलाई कार्यक्रममा उपस्तिथिको लागि हार्दिक निमन्त्रणा गरिएको आयोजक संस्था स्याङ्गजा सहयोग समाज कतारले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस