२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

दलित एकता संजालको बनभोज सम्पन्न

दोहा ” दलित एकता आजकाे आवस्यकता छुवाछूत मुक्त समाज निर्माणमा सम्पूर्ण नेपालीहरुकाे सहभागीता” भन्ने मुल नाराका साथ सन् २०१३ मा स्थपित दलित एकता सन्जाल नेपाल,कतारले नेपालमा रहेका बिपन्न तथा जेहेन्दार बिधार्थीलाई छात्रवृत्ति सहयाेगार्थ ” बृहत् सास्कृतिक तथा बनभाेज कार्यक्रम ” २०२३ फेब्रुअरी २४ का दिन कतारकाे सहानिया स्थित अलदाेसरी पार्कमा भब्यताका साथ सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष किरण परियारकाे सभापतित्व तथा दलित एकता सन्जाल कतारकि प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष ईन्दु लावरकाे प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हाे।

नाै मति पन्जेबाजाका साथ विधिवत् रूपमा उद्घाटन गर्दै शुरु गरिएको कार्यक्रममा संजाल कतारका बरिस्ठ उपाध्यक्ष प्रकाश बिस्वकर्माले स्वागत मन्तब्य, कार्यक्रम सन्चालन महासचिव क्षितिज किरण गैरेले गरेका थिए ।

कार्यक्रममा कलाकार साजना स्वर्णकार ,शान्ति ओली , दिपेन्द्र सुनार,कृष्ण ताम्राकार ,बाबुकाैषल ,टेकराज चुनारा,कृष्ण परियार,रेस्मा बिक ,देब घिमिरे बिस्वकर्मा,सन्देश साेनी ,पबित्रा बिक,सन्ताेष बिस्वकर्मा, रितुकाली,मानसिङ परियार,कमला गुरुङ ,माेहन घताने,सुरेस बिसी, अनिता साेनी, लाेकेन्र्द दुतराज, माया घताने,डान्सर सृष्टि तामाङ ,नन्द गजमेर, सुजन परियार..अादि कलाकारहरुले आफ्ना साङ्गीतिक प्रस्तुति पेश गरेका थिए ।

कार्यक्रममा नाैमति पन्चेबाजाले राैनकता छाएकाे थियाे, त्यस्तै कमला गुरुङ ,रेस्मा बिक र देब घिमिर,माेहन घताने,बाबुकाैषल बीचको पन्चेबाजा लाईभ दोहोरीले कार्यक्रम निकै मनोरञ्जनात्मक बनाएको थियो । कार्यक्रममा घैटाे फाेर खेलमा २२ जना प्रतिस्पर्धि बाट १ जना बिजेता पवन बिक लाई पुरस्कार प्रदान गरियकाे थियाे ।

 

कार्यक्रममा भाग्यशाली चिठ्टा उपहार खाेलियकाे थियाे र बिजेताहरुलाई पुरस्कार कार्यक्रममै प्रदान समेत गरियकाे थियाे ।साथै कार्यक्रममा कलाकारहरुलाई सम्मान पत्रबाट सम्मानित गरिएको थियो । साथै कार्यक्रममा अलदाेसरी गाड्रेनका संयाेजक माेहम्मद अलदाेसरी लाई सम्मान समेत गरियकाे थियाे ।

उक्त बृहत् सांगीतिक तथा बनभाेज कार्यक्रममा माेना कतारका अध्यक्ष नरेन्र्द फगामी ,गन्डकी प्रदेसका अध्यक्ष सागर पाैडेल, बिस्वकर्मा समाज कतारका सचिब टेकसागर सुनार,परियार मित्रता समाज कतारका अध्यक्ष शालिकराम परियार,नेपाल मगर संघ कतारका सांगठनिक सचिब समिर थापा मगर,कर्णाली प्रदेस समन्वय परिषद कतारका कार्यबाहक अध्यक्ष राेषन बि सी ,नेपाली महिला समाजकि काेषाध्यक्ष मेनुका खतिवडा ,नेपाली जनसम्पर्क समिति कतारका काेषाध्यक्ष चन्र्दकान्त शर्मा,अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष राजाराम शाही ,पत्रकार बिमल परियार,प्रवासी नेपाली मन्चका उपाध्यक्ष प्रेम रसाइली ,नेपाली जन प्रगतिशील मन्च कतार का उपाध्यक्ष कृष्ण परियार ,दलित एकता सन्जाल कतारका प्रमुख सल्लाहकार कृष्ण गदाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ईन्दुलावर ले देशमा छुवाछूत मुक्त राष्ट्र घाेषणा गरेपनि ,ब्यवहारमा पुर्ण रुपमा लागू नभयकाे दुख ब्यक्त गर्दै र जातिय छुवाछूत जस्ताे अन्धबिस्वास रुणिबादीलाई सबै नेपाली मिलेर जरैदेखि फाल्नु पर्ने धारणा रहेको थियो ।

कार्यक्रमको समापन गर्दै सभापति किरण परियारले दलित एकता सञ्जाल कतारले आयाेजना गरेको बृहत् सास्कृतिक तथा वनभोज कार्यक्रममा उपस्थिति भयर सभ्य र भब्य बनाउन सहयाेग गर्नुहुने सम्पूर्ण प्रती विशेष धन्यवाद आभार व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस