२०८१ भाद्र ३० गते आइतवार | 2024 September 15th Sunday

प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण रद्द,नारायणकाजीले प्रतिनिधित्व गर्ने

दोहा:प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कतार भ्रमण रद्द भएको छ ।

अल्पविकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री मार्च ३ तारिक शुक्रबार कतार आउने कार्यक्रम थियो।तर अन्तिम समयमा उनको भ्रमण रद्द भएको हो।

सम्मेलनमा प्रधानमन्त्रीको ठाउँमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ आउने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०७९ फाल्गुन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस