२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

तामाङ समाज कतारको आयोजनामा सोनाम ल्होछार कार्यक्रम सप्पन्न

दोहा-नेपाल प्रवासी तामाङ समाज कतारले तामाङहरुको राष्ट्रिय पर्व मञ्जुश्री संम्वत २८५९ सोनाम ल्होछार ह्योई (तावर बिरालो) बर्गको अवसरमा शुभकामना आदान-प्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

समाजले सोनाम ल्होछार २७ जनवरी २०२३ मा,नेपाल बाट राष्ट्रिय कलाकारहरु लाई आमन्त्रण गरि कार्यक्रम गर्ने योजना बनाएपनि, विविध कारण वश मिति परिवर्तन गरि यहि ३ मार्च २०२३ शुक्रबारको दिन कतारको साहनिय स्थित अलदोसरी गार्डेनमा, स्थानिय कलाकार हरुको विशेष साँस्कृतिक प्रस्तुतिमा भब्यरुपमा कार्यक्रम सम्पन्न गरेको हो ।

समाजका अध्यक्ष शुवास तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महाससंघ कतारका कार्यवाहक अध्यक्ष भाइकाजी गुरुङ रहेका थिए। समाजका संरक्षक, सल्लाहकार,मात्री संस्थाका प्रतिनिधि लगायत अन्य विभिन्न संघसस्था,पत्रकार,बुद्धिजीवी तथा सामाजिक ब्यक्तित्व,लामा गुरु लगायतको उपस्थिति रहेको थियो ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी नेपाल तथा बिश्वभर रहेका तामाङ समुदायले सोनाम ल्होसार पर्व मनाउने गर्दछ्न।

मुसा,गाई,बाघ,खरायो(बिरालो),ड्रागन(मेघ),सर्प,घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।ल्होसारका १२ वटै वर्ष पशु पञ्छीको नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक मानिन्छ  ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अथिती भाइकाजी गुरुङले तामाङ समाज कतारले प्रवासी भुमी कतारमा रहेरपनि आफ्नो मौलिक,संस्कार सस्कृती,रितिरिवाज परम्परालाई जिवन्त राख्न गरिएको कार्यक्रम अत्यन्तै सह्रानिय रहेको बताउदै सोनाम ल्होछारको शुभकामना व्यक्त गरे ।

त्यस्तै  एनआरएनए कतार अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान लगायतले २८५९ औं सोनाम ल्होछार कार्यक्रमको सफलताको सुभकामना दिदै आफ्नो मौलिक चाडपर्व हरु बिस्वको जुनसुकै देशमा गएपनी भुल्न नहुने कुरामा जोड दिए।

कार्यक्रम संयोजक श्री पाख्रीन तामाङले स्वागत मन्तव्य राखेको कार्यक्रममा संरक्षक शंखलाल तामाङले सोनाम ल्होछार सम्बन्धी जानकारी गराउदै,सम्पुर्ण बुद्ध धर्मलम्बीले विभिन्न प्रकारले ल्होछार मनाउने  बताए ।

कार्यक्रममा करिव २ दर्जन भन्दा बढी स्थानिय कलाकारहरुले साङितिक प्रस्तुति रहेको कार्यक्रमको सहजीकरण महासचिव आशिष् मोक्तान तामाङले गरेका थिए ।

सन २००५ मा कतारमा स्थापना गरिएको संस्थाले सक्रिय रुपमा तामाङ जातिको भाषा,कला,धर्म,संस्कृति र परम्परालाई जोगाउने उदेश्यले विभिन्न चेतनामूलक कार्यक्रम साथै मौलिक सोनाम ल्होछार चाड भब्य तरिकाले मनाउँदै आएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २० गते शनिवार
प्रतिक्रिया दिनुहोस