
दोहा-नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाएको छ।
शुक्रबारका नज्मा स्थित शालीमार रेष्टुरेन्टमा महिला दिदिबहिनीहरुको उपस्थितीमा शुभकामना आदानप्रदान साथै सचेतना कार्यक्रम गरेर अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाएको हो।
नेपाली महिला समाज कतारकी अध्यक्ष सरिता भन्डारी पौडेलको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली महिला समाज कतारकी प्रमुख सल्लाहकार अमिना खान रहेकी थिइन।
कार्यक्रममा नेपाली महिलाहरूमा स्तन क्यान्सरको जोखिम बढिरहेको अवस्थामा स्तन क्यान्सर के हो?स्तन क्यान्सरको लक्षण के के हुन् ?यसबाट बच्न के के गर्नु पर्छ भन्ने बारेमा अध्यक्ष भन्डारीले जानकारी गराएकि थिइन।साथै हर्मोसा ब्युटी पार्लरकी रुकु आलेले महिला सौन्दर्यका बारेमा जानकारी गराएकी थिइन।
कार्यक्रममा रामजि खत्रीले महिला दिदिबहिनीहरुलाई सकारात्मक जीवनशैली,नेतृत्व बिकाश सम्बन्धि सचेतना कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि अमिना खान,समाजकी सल्लाहकार जानुका बस्नेत,समाजसेवि तथा सामाजिक अभियन्ताहरु टौ मायाँ गुरुङ,रेनु कार्की,अनिता तामाङ,महिला समाजका दिदिबहिनी सनोबर जहन,यास्मिन सिंह ठकुरी,सरिता चिलुवाल पोखरीया,मेनुका खतिवडा,दीपा सिंह,पारुल शर्मा लगायतले नारिहरु प्रती हेर्ने दृष्टिकोण,घरेलु हिंसा,विभेद,असमानता र दुर्व्यवहारपुर्ण व्यबहारलाई ब्यबहारिक रुपमै चेतनाको स्तरमा वृद्धि गरि नारी पुरुषका हक अधिकार सुनिस्चित गर्नुपर्ने बताएका थिए।
कार्यक्रममा नेपाली महिला समाज कतारलाई साथ सहयोग गर्ने माया कुनवार खडका,पासाङ वाइबा,सरु दास,अनिता परियार,उषा परियार,मन्जु सार्कीलाई सम्मान गरिएको थियो साथै नेपाली महिला समाज कतारको विभिन्न कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्ने कलाकारहरूलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्य समाजका प्रथम उपाध्यक्ष मायां केसी संचालन सचिव सन्ध्या अर्यालले गरेका थिए।
“नेपाली महिला समाजको चाहना, एकता र सहयोगको विशुद्ध सामाजिक भावना”भन्ने मुल नाराका साथ प्रवासमा दु:ख, पिडामा परेका नेपाली दिदिबहिनीहरुको हक,हित र अधिकारका लागि आवाज उठाउने र सकेको सहयोग गर्ने उद्देशका साथ वि. सं.२०६९ सालमा कतारमा स्थापना भएको नेपाली महिला समाज कतारले विविध सामाजिक कार्यहरु गर्दै आएको छ।