२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

कतार नेपाली एकता समाजको आयोजनामा अन्तर्राष्ट्रिय महिला दिवस तथा वनभोज कार्यक्रम सम्पन्न

दोहा-कतार नेपाली एकता समाजको आयोजनामा,११३ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस तथा बृहत् वनभोज तथा विविध रक्तिम सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार अलदोसरीमा “रक्तिम कलाकार हरुको विशेष साँस्कृतीक प्रस्तुतिमा,”अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस ( International  women,s  day) नारीको त्याग र समाज देश प्रतीको बलिदानको लागि महिलाहरु लाई प्रेम प्रशंसा, आदर सम्मान स्वरुप शुभकामना आदानप्रदान गर्दै कार्यक्रम गरिएको हो।

समाजका कार्यवाहक अध्यक्ष राम प्रसाद पराजुलीको अध्यक्षतामा,नेपाली एकता समाज अन्तर्राष्ट्रियका महासचिव लुमाकान्त पुन को प्रमुख आथित्यमा भएको कार्यक्रममा बैचारिक , सामाजिक तथा जिल्लागत संघ संस्था लगायत कतारमा कार्यरत थुप्रै नेपाली हरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा समाजका केन्द्रिय सदस्य मीन राज पुनले स्वागत मन्तव्य राखेका थिए।साथै रक्तिम कलाकार हरुले “स्वागत छ एकताको झन्डामुनि सबैलाई स्वागत छ” बोल्को गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुन ले ११३ औं अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै महिला दिवस,मुक्तिको पर्व भएको बताउदै महिला मुक्ति आन्दोलन गर्दा पुरुषको विरोध नगरी महिलाको हकका निम्ति आन्दोलन गर्नु पर्ने धारणा राखेका थिए ।

समाजले गर्ने हरेक कार्यहरु उत्कृष्ट हुने र अहिले सम्म   कतै नचुकेको बताए । कतारमा कुनै सङ्गठनले अहिले सम्म मे १ मा मजदुर दिवस नमनाएपनि आफ्नो सङ्गठनले मात्र हरेक बर्ष मजदुर दिवस मनाउने बताए ।

कार्यक्रममा जानुका बस्नेत,समाजकि उपाध्यक्ष अमिना खान,जनप्रगतिशील मोर्चा कतार अध्यक्ष रविन पुन मगर, कोशि प्रदेश महासचिव निरन नेपाल,अन्तर्राष्ट्रिय नेपाली समाज कतार अध्यक्ष राजाराम साही, जनप्रगतिशील मञ्च कतारका प्रतिनिधि अमित गौतम,महिला समाजकी उपाध्यक्ष अप्सना खान,दाङ सेवा समाजका संरक्षक बसन्तराज पुरी,अर्घाखाँची सेवा समाज कतारका अध्यक्ष बिष्णु बहादुर कुँवर, प्रवासी नेपाली मञ्च कतार कार्यवाहक अध्यक्ष बाल कृष्ण भित्रीकोटि,जनसम्पर्क समिति कतार सभापति अजिज अलि,गैर आवासीय नेपाली संघ कतार महासचिव पदम गिरि लगातले कतार नेपाली एकता समाजले गरेका विभिन्न गतिविधिहरुको चर्चा गर्दै ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना राखेका थिए ।

कार्यक्रममा उपस्थिति थुप्रै कलाकार श्रवण मल्ल ,कुमारी काउछा ,हिरा शर्मा बल्देब राना ,बिमल भुसाल लगायत कलाकार हरुको रक्तिम सास्कृतिक प्रस्तुती रहेको थियो ।

महासचिव खिम बुढाले सन्चालन गरेको कार्यक्रममा बोल्दै का.वा अध्यक्ष राम प्रसाद पराजुलीले एकता समाज कतार स्थापना काल देखिनै प्रवास कतारमा रहेका नेपाली मजदुर हरुको सङ्गठन रहेको र नेपाली मजदुर हरुको हक, हितको आवाज बुलन्द पार्दै अगाडि बढेको बताए ।

साथै सङ्गठनले अब छिट्टै (सम्मेलनको ) आयोजना गर्न लागिएको र उक्त कार्यक्रमलाई के कसरी सफल बनाउने भन्ने कुरालाई मनन गर्दै सबैजना एकबद्द्ता भएर लागि पर्नुपर्नेमा जोड दिदै कार्यक्रम सफल बनाउन अरोहत्र खट्ने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस