२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

मोना कतारको अध्यक्षमा पौडेल,महासचिवमा सापकोटा

दोहा-म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको अध्यक्षमा राजु पौडेलको नेतृत्वमा नयाँ कार्यसमिती गठन भएको छ ।
संस्थाका अध्यक्ष नरेन्द्र फगामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष प्रेम रसाईली प्रमुख अतिथि रहेका थिए।

कार्यक्रमको अवसरमा पञ्चेबाजा सहितको सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो। रोजगारी र पेशा व्यवसाय लगायत विभिन्न सिलसिलामा कतारमा रहेका म्याग्दीलीहरु आवद्ध संस्था मार्फत जिल्लाको विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रका साथै कतारमा समस्यामा परेका म्याग्देलीहरुलाई सहयोग गर्दै आएका छन्।
कार्यक्रममा दोहामा भएका बिभिन्न सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्तिथी रहेको थियो।

कार्यक्रममा बोल्ने बक्ताहरुले मोना कतारले गरेको कार्यसम्पादनको खुलेर प्रशंसा गरेका थिए। कार्यक्रम मार्फत मोना कतारलाई विभिन्न समयमा सहयोग पुर्याउने व्यक्ति, अक्षयकोषमा सहयोग गर्ने समाजसेवी,पत्रकार, कलाकार तथा उत्कृष्ट कार्यसम्पादन गर्ने संघका विभिन्न ओहोदाका व्यक्तिहरूलाई सम्मान गरिएको थियो।

प्रमुख अतिथि रसाइलीले विगतका दिन स्मरण गर्दै सञ्चारको पहुँच बिना नै सयौँ किलोमिटर हिँडेर सँस्थालाई चलायमान बनाइएको बताए । हिजो सम्पन्न ११ औं साधारणसभा तथा २० औं वार्षिकोत्सवबाट अध्यक्ष पदमा पौडेल सर्वसम्मत रुपमा चयन भएका हुन । कार्यसमितिको वरिष्ठ उपाध्यक्ष बाबुराम भण्डारी, प्रथम उपाध्यक्षमा हेम बानियाँ,महासचिवमा भुमिसोर सापकोटा,सचिवमा गृह प्रसाद (कृष्ण) शर्मा, कोषाध्यक्षमा सुमन घर्ती, सह–कोषाध्यक्षमा याममया रोका रहेका छन ।

त्यसैगरी महिला संयोजकमा टीकामाया रोका,महिला उपसंयोजकमा खुमा पुन,कमल खत्री,अन्नपूर्ण गाउँपालिका संयोजकमा कृष्ण खड्का (शिव) रघुगंगा गाउँपालिका संयोजकमा नरेन्द्र कुमार दर्जी चयन भएका छन। कार्यसमितिको सदस्यहरुमा कमल परियार,राम बहादुर बिक,गंगाधर कँडेल,टेकनाथ सुवेदी,बम बहदुर थापा,वीर बहादुर सुनार,रिपोट खत्री रोसन पौडेल,भुपेन्द्र बहादुर पुर्जा रुकुम बहादुर बिक,बिस्णु खत्री रहेका छन ।

कार्यक्रममा  पूर्व अध्यक्षहरु बिक्रम कार्की, रेशम शाही, तिलु शर्मा लगायतको उपस्तिथी रहेको थियो।कार्यक्रम हल भित्र बाक्लो रुपमा जिल्ला बासिको उपस्तिथी रहेको थियो । कार्यक्रममा राजु पौडेलले सबैलाई स्वागत गर्दै मन्तव्य राखेका थिए भने अजय कुँवरले कार्यक्रमको सहजिकरण गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस