२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

नेपाल मगर संघ कतारले बृहत रक्तदान गर्दै

दोहा-नेपाल मगर संघ कतारले बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।

नेपाली रक्तदाता संघ, कतारको समन्वयमा नेपाल मगर संघ शाखा कतारले बृहत रक्तदान कार्यक्रम गर्ने भएको हो।

अप्रिल ७ तारिक शुक्रबारका दिन हमाद अस्पतालको ब्लड डाेनर सेन्टरमा हुने कार्यक्रम बिहान ८ बजे देखि १ बजे सम्म चल्नेछ ।

कार्यक्रममा कतारमा स्थापित सम्पुर्ण नेपाली संघ, संस्थाका प्रतिनिधिहरु, समाजिक अभियान्ताहरु तथा कतारमा रहेका  सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई कार्यक्रममा उपस्थिति भई रक्तदान गर्न आयोजकले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस