२०८१ कार्तिक ४ गते आइतवार | 2024 October 20th Sunday

लमजुङ सेवा समाज कतारद्वारा बृद्दाआश्रमलाई कपडा धुने मेसिन सहयोग

दोहा– लमजुङ सेवा समाज कतारले बृद्दाआश्रमलाइ कपडा धुने वासिङ मेसिन सहयोग गरेको छ ।


समाजले लमजुङ जिल्ला राइनास नगरपालिका -८ नौबिसेमा रहेको सर्वोदय सेवा आश्रममा रहेका बृद्दबृद्दाहरु तथा असहाय बुवाआमाहरुको लागि सहज होस भन्ने उद्देश्यले कपडा धुने अटोमेटिक वासिङ मेसिन सहयोग प्रदान गरेको हो।

नेपाली सन्ताउन्न हजार रुपैयाँ बराबरमा खरिद गरिएको मेसिनको आर्थिक श्रोत गत केहि महिना अगाडी लमजुङ सेवा समाज कतारले भाग्यशाली चिट्ठा सन्चालन गरी आएको रकमको केहि प्रतिशत रकमबाट  जुटाएको संस्थाका कोषाध्यक्ष राज श्रेष्ठले जानकारी दिए।

कतारबाट घर बिदामा रहेका लमजुङ सेवा समाज कतारका प्रथम उपाध्यक्ष बिनोद प्रसाद बसौला, संस्थाका सकृय सदस्य अनन्त घिमिरे तथा शुभचिन्तक युवराज पौडेलद्वारा आश्रममा उपस्थित भइ त्यहा आश्रीत असहाय तथा बृद्दबृद्दा बुबाआमाहरुको उपस्थितीमा आश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलिया तथा बर्तमान अध्यक्ष सुकदेव रिसाललाइ हस्तान्तरण गरेका हुन।

हस्तान्तरणका क्रममा आश्रमका सस्थापक अध्यक्ष कृष्णराज ओलियाले लमजुङ सेवा समाज कतारले प्रवासमा रहेर पनि आफ्नो  देश ,जन्मस्थान तथा प्रवासी भुमीमा गर्दै आइरहेका बिभिन्न सामाजिक कार्यहरु तथा मानवीय सेवाहरुको प्रंशसा गर्दै बर्तमान अध्यक्ष सिताराम थापा लगायत सस्थाका सबै पदाधिकारी तथा सिङ्गो लमजुङ सेवा समाज कतार  परीवारलाइ धन्यवाद दिएका थिए ।

लमजुङ जिल्लाको मर्स्याङ्दि नदिको किनारमा अवस्थित उक्त आश्रममा हाल बिभिन्न ठाउँबाट आएका १५ जना असहाय तथा आश्रीत बुबाआमाहरुले आश्रय  लिइरहेका  छन ।

प्रकाशित मिति : २०७९ चैत्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस