२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

एनसीसी कतारको सदस्यताको लागि बाह्र हजार बढी आवेदन प्राप्त

दोहा-गैर आवासीय नेपाली संघ रास्टिय समन्वय परिषद कतारको सन् २०२३- २०२५ कार्यकालको पन्जिकृत सदस्यताको लागि बाह्र हजार बढी आवेदन प्राप्त भएको छ।

गत फेब्रवरी २६ मा सदस्यता आवेदन खुल्ला गरिएकोमा अन्तिम दिन १२ मे सम्म डकुमेन्ट पूरा भएका नौ हजार चार सय बैसठ्ठी र ड्कुमेन्ट अपुग भै ड्राफ्टमा रहेका दुई हजार नौ सय एकाउन्न गरी बाह्र हजार चार सय तेह्र आवेदन प्राप्त भएको हो ।

शुक्रबार साझ एक कार्यक्रमका बिच आईसीसी उपाध्यक्ष नरेन्द्र भाटको प्रमुख आतिथ्यतामा सदस्यता आवेदन बन्द गरिएको हो ।
कार्यक्रममा आईसीसी सचिव प्रविन गुरुङ,मध्य पुर्व सह- संयोजक केवि हमाल,आइसीसी सदस्य तेज कटुवाल, कुमार खडका, पुर्व अध्यक्ष एवं पुर्व मानार्थ परिषद सदस्य कमलमणि गुरागाई, पुर्व मानार्थ परिषद सदस्य बिमल सुवेदी र शनि कुमार वलीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा एनसिसि अध्यक्ष मोहमद मुक्तदा मुसलमानले पन्जिकृत सदस्यताको लागी आवेदन दिने सम्पुर्णमा धन्यवाद ब्यक्त गरेका थिए । उनले एनसीसी सदैव कतारमा रहेका सबै नेपालीको साथमा रहेको बताए ।

अन्तिम परिषद भेलाको निर्णय अनुसार  पन्जिकृत सदस्यताको आवेदकको प्रारम्भिक नामावली १३ मे मा प्रकाशन गरिनेछ।

डकुमेन्टस प्रमाणीकरण अन्तिम मिति २६ मे सम्म र दोस्रो पटक नामावली २७ मे मा, दावी बिरोध २८ मे देखि २ जुन सम्म रहेकोमा दावी बिरोध पछि तेस्रो नामावली प्रकाशन ३ जुनमा गरिने छ ।

स्वीकृत भएका पञ्जिकृत सदस्यको शुल्क ९ जुन सम्म भुक्तानी गर्ने समय रहेको र १६ जुनमा अन्तिम नामावली प्रकाशन गरि निर्वाचन समितीलाई हस्तान्तरण गरिने प्रवक्ता सन्तोष क्षत्रीले जानकारी दिए ।

गैर आवासीय नेपाली संघ, रास्टिय समन्वय परिषद कतारको दशौ रास्टिय महाधिवेशनको निर्वाचन १४ जुलाई र महाधिवेशन समारोह २८ जुलाईमा हुने छ ।

प्रकाशित मिति : २०८० बैशाख ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस