२०८१ माघ १३ गते आइतवार | 2025 January 26th Sunday

समाज बिगार्ने छुट कसैलाई छैन: मोहम्मद मुक्तदा

दोहा-गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले समाज बिगार्ने छुट कसैलाई नभएको बताएका छन।

नेपाल पत्रकार महासंघ कतार शाखाको १७ औँ स्थापना दिवसको अवसरमा बोल्दै उनले समाज बिगार्ने छुट कसैलाई नभएको बताएका हुन।

उनले भने “गएको अधिवेशन मार्फत कसरी यो विवाद एनआरएनएमा उत्पन्न भयो ?को को व्यक्तिहरू कता कता बाट सक्रिय भएका थिए ती सबै व्यक्तिहरूको सम्बन्धमा हामी सबैलाई जानकारी छ।”

कतारमा पनि कसरी कहाँ कहाँ बाट कुन कुन व्यक्ति लागे त्यो समेत हामी सबैलाई थाहा छ” भन्दै उनले  समाज बनाउने अभियान सफल पार्नको निमित्त एनआरएनएले ब्राण्डका रूपमा हासिल गरेको बताए।

बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरूको एनआरएनए अहिले एउटा ब्राण्ड बनेको र  यसले विश्वजगतमा ब्राण्ड मार्फत लोक प्रिय हुँदै संस्थाले लोगो प्राप्त गरेको भन्दै एउटा संस्थाले प्राप्त गरेको लोगोलाई अर्को संस्थाले प्रयोग गर्न नपाउने तथा अहिले लोगो  संग सम्बन्धित  सूचना जारी गरेको र लोगो कसैले प्रयोग गरेमा कानुनि दायरामा ल्याउने  उक्त सूचनामा लेखेको समेत बताए।

उनले आईसीसीले सूचना निकाल्दै समाजलाई आतंकित बनाएर समाज मिल्न  सक्दैन भन्दै यो ट्रेडमार्कलाई  एउटा अभियान जस्तो बुझेर जानु पर्ने हुँदा यसलाई फुटाउने र जुटाउने सन्दर्भमा नबुझिदिनको निमित्त अनुरोध गर्दै एनआरएनए आईसीसी मिल्ने अन्तिम तयारीमा रहेको समेत उक्त कार्यक्रम मार्फत जानकारी दिए।

कार्यक्रममा बोल्दै उनले आउने अधिवेशनमा सबैजना एउटै ठाउँमा उभिँदै अधिवेशनलाई एकताको अधिवेशन बनाउन लागेको र कतारमा पनि जति साथीहरू नेपाली समुदायबाट छुटिएर अर्को समूह बनाएर गतिविधी गरिरहेका छन् सबै जनालाई  अधिवेशनमा सहभागी हुनको निमित्त आफ्नो सम्बोधन मार्फत अनुरोध गरे।

पंजीकृत सदस्यताको फारम बन्द भैसकेको भएता पनि ऊनीहरूको निमित्त विशेष व्यवस्था  गरेर पंजीकृत सदस्य बनाइ अधिवेशनमा सहभागी गराउन सकिने समेत बताए।

उनले समाजमा भएका संस्थाका नेतृत्व कर्ताहरूले सरकारद्वारा जारी सूचनाहरू विभिन्न  माध्यम मार्फत सबै नेपाली समुदायमा पुर्याउन सहोयोग गर्नु पर्ने बताउँदै,नकारात्मक कुराको प्रचार प्रसार गर्नु भन्दा त्यसको निराकरणको निमित्त सबैले लाग्नु पर्ने  बताए।

उनले भने “समाजमा रहेका डाक्टर प्रोफेसर जस्ता व्यक्तिहरूले लेखेका गलत कुराको कारण समाज विभाजित हुने हुँदा डाक्टर तथा प्रोफेसरले समाज तोड्ने होइन जोड्ने काममा लाग्नु पर्दछ”।

उनले आफूले लेख्दा खेरी सम्बन्धित देशको कानुन तथा कल्चरलाई ध्यानमा राखेर लेख्नु पर्ने,समस्यामा परेको व्यक्तिको भिडियो बनाएर मिडियामा राख्नु को साटो निराकरणको निमित्त सम्बन्धित ठाउँमा पुर्याउदा मात्र साँचो समाज सेवा हुने” भन्दै आफ्नो अधिकारको क्षेत्र भित्र रहेर काम गर्न समेत सबैलाइ सुझाए।

गैर आसावीय नेपाली संघ र नेपाल पत्रकार महासंघ कतार शाखा दुवै मिलेर केही पहिले सामाजिक संजाल टिकटकमा ख्यातिप्राप्त गरेका नेपालीहरूलाई समेटेर कार्यक्रम गरेको र उक्त कार्यक्रम मार्फत समाजलाई चाहिने समूदायको हीत गर्ने, समाज जोड्ने, कतार सरकारले जारी गरेको सूचनाहरू संजाल मार्फत कसरी प्रवाह गर्ने भन्ने सन्दर्भमा जानकारी गराएको समेत जानकारी दिदै अहिले कतारमा नेपाली समाज निर्माण गर्ने कमलमनी गुरागाईं, सागर नेपाल तथा बिमल सुवेदी जस्ता  समाज निर्माण गर्ने प्रथम व्यक्तिहरूले सामाजिक संजालमा नकरात्मक कुरा लेख्ने व्यक्ति हरूलाई राखेर सम्झाउने काम जरूरी भएको बताउंदै समाज निर्माण कर्ताको समाज प्रतिको  जिम्मेवारी वोध गराउने प्रयास गर्दै समाज बिगार्ने अधिकार समाजको कुनै सदस्यलाई हुन नहुने बताए  ।

प्रकाशित मिति : २०८० जेष्ठ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस