दोहा– आर्थिक अवस्था कमजोर भएका १९ महिने बालक असरद शैखको उपचारका लागि कतारमा रहेका वि आर फेमिलि ग्रुप्स,गोल्डेन स्टाेन ज्वलरि र साहिल सेखको मातहतमा रहेका सहयोगी हातहरुद्वारा आर्थिक रकम सहयोग गरेका छ्न।
संकलित ६२ हजार २ सय ९० रुपैयाँ सुनसरीको धरानमा समाजसेवि सृजना कटवालको नाममा पठाएको हो ।
भद्रपुर-५ निवासी संकर बस्तीका बालक सैखको टाउकोको अप्रेसन गर्नुपर्ने जरुरी भएकोले मेची प्रादेशिक हस्पिटलमा उपचार सम्भावना नभएर धरान घोपाक्याममा उपचार भईरहेको छ ।
लामो समयदेखि बालक शैखको टाउकोमा ईन्फेक्सन भई हाल धरान घोपाक्यामको आईसियुमा उपचार भइरहेकोले छ भने तत्काल उनको टाउकोको अपरेसन गर्नु भएको हुनाले उनलाई आर्थिक रकम सहयोग गरेको समाजसेवि तथा वि आर फेमिलि ग्रुपका यादब खनालले बताए । बालकको ज्यान बचाउ अभियानमा रहेकि समाजसेवि भावना क्षेत्रिले बाबुको उपचारका लागि अझै २१ दिन समय लाग्ने बताईन।
उपचारका लागि प्रत्येक दिन आठ हजार रुपैयाँ खर्च लागिरहेको छ । बालक सेखका आमाले जो कोहिले पनि बाबुको उपचारका लागि सहयोग गरिदिन ९८१५००६३६४ नम्बरमा सम्पर्क गर्न आग्रह गरेकी छन ।