२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

कतारमा नेपाली म्युजिकल धमाका हुँदै

दोहा-कतारमा शुक्रवार नेपाली म्युजिकल धमाका हुने भएको छ । वाटर गेट लाउन्ज एन्ड क्लबको उदधाटनको अवसरमा क्लबको आयोजनामा उक्त धमाका हुन लागेको हो । धमाकामा प्रस्तुति दिन नेपालबाट बहुचर्चित गायक तथा सङ्गीतकार आनन्द कार्की, गायिका प्रश्ना पाण्डे र नृत्याङ्गना उषा उप्रेती कतार आउने भएका छन् ।

धमाकामा कतारमा स्थापित काठमान्डौ म्युजिकल ब्यान्डले विशेष प्रस्तुति दिने भएको छ । कतारमा रहेर कलाकारितामा राम्रो फड्को मारिरहेका मोडल राम बाबु र लुना खतिवडाले पनी आफ्नो प्रस्तुति दिने भएका छन् । बिशुद्घ मनोरञ्जनात्मक हुने कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था रहेको कार्यक्रम संयोजक रोशन अर्यालले एफएनजे कतार न्युजलाई   जानकारी दिए ।

लुसेलमा अवस्थित वाटर फन्ट होटेलको तेस्रो तलामा दिउसो १ बजेबाट सुरु हुने कार्यक्रम राती ७ बजे सम्म चल्नेछ । नेपालबाट प्रस्तुति दिन आउने कलाकारहरू आज राति दोहा आइपुग्ने राकेश श्रेष्ठले जानकारी दिए l उक्त क्लब नेपाली युवा व्यवसायीहरू उत्तम गुरुङ, राकेश श्रेष्ठ र पूर्ण पोखरीयाले मिलेर सञ्चालनमा ल्याएका हुन l

प्रकाशित मिति : २०८० जेष्ठ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस