२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

संखुवासभा समाज कतारको अध्यक्षमा खनाल

दोहा : कतारमा स्थापित जिल्ला संस्था संखुवा-सभा समाज कतारको तेस्रो अधिबेशन सफलता पुर्वक सम्पन्न भएको छ ।

“संखुवासभालिको पहिचान,बिश्व सामु चिनाउने हाम्रो अभियान ” भन्ने नाराका साथ सन : २०१६ मा स्थापना गरिएको संस्थाको तेसो अधिबेशन बाट अध्यक्षमा राजेन्द्र खनाल निर्विरोध निर्वाचित भएका हुन ।

अन्य कार्यसमिति हरुमा प्रथम उपाध्यक्ष बिरेन मादेन लिम्बु, द्वितीय उपाध्यक्ष भवानी शंकर पौडेल,महासचिव पदम प्र. सिम्खडा,सचिव भिम ब. थापा,सचिव अशोक न्यौपाने, कोषाध्यक्ष शिव कु. खत्री,सह-कोषाध्यक्ष मान बहादुर तामाङ रहेका छ्न ।

उमेश सुवेदी, प्रबिण गौतम, डम्बर अधिकारी, कञ्चन भट्टराई, बुद्धिमान खुलाल, सन्तोष बि.क, दिपेन्द्र कार्की, किरण कट्टेल, पृर्थ बहादुर थापा, दिलिप भुसाल, प्रकाश लिम्बू, कृष्णा राई,डाेमा शेर्पा राई गरि २१ जनाको नयाँ कार्यसमिति चुनिएको हो ।

बिधिवत रुपमा उट्घाटन गरि औपचारिक रुपमा सुचारु गरिएको कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष निरन नेपालको सभापतित्वमा कोशि प्रदेश कतारका अध्यक्ष चुडामणिा कार्कीको प्रमुख आथित्यता रहेको थियो ।

वैदेशिक रोजगारीको सिलसिलामा जिल्लाका बिभिन्न ठाउँबाट कतार आएका संखुवासभालि द्वारा सन : २०१६ मा स्थापना गरिएको समाजको तेस्रो अधिबेशनमा प्रमुख अतिथिको मन्तव्य राख्दै अध्यक्ष कार्कीले संखुवासभा समाज कतार “सामाजिक तथा आर्थिक कार्यमा अग्रणी ” रहेको भन्दै संस्थाले गरेको समाज सेवाको प्रसंशा गरेका थिए ।

समाजले कतार तथा नेपालमा गरेका विभिन्न सामाजिक,आर्थिक, नैतिक कार्य उदाहरणीय रहेको बताए ।समाजले गरेका उल्लेखनीय कार्य प्रगति प्रतिबेदनमा देखिएको भन्दै समाज स्थापना गर्नु भन्दा ठुलो यहाँ रहेका श्रमजिवि नेपाली हरुको पक्षमा काम गर्नु रहेको भन्दै कार्कीले आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा कतारमा स्थापित विभिन्न जिल्ला, प्रदेश परिषद्, वैचारिक सङ्गठन, महिला समाज, पत्रकारहरू, सामुदायिक सङ्घसंस्थाहरूका अध्यक्ष तथा प्रतिनिधीहरुको बाक्लो आतिथ्यता सहित मन्तव्य रहेको थियो ।

कार्यक्रममा लुना खतिवडा, रेस्मा प्याकुरेल, बिरेन मादेन लगायतका स्थानिय कलाकारहरुले विशेष सास्कृतिक प्रस्तुति हरु पस्किएका थिए । कलाकार हरु सल्लाहकार हरु लगायत लाई सम्मान पत्र द्वारा र कार्यवाहक अध्यक्ष निरन नेपाल लाई संस्थालाई पुर्याएको योगदानको विशेष चर्चा गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यवाहक अध्यक्ष निरन नेपालले कार्यक्रमको समापन गर्दै समाज कतारले गरेका विभिन्न कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिदै सबैको साथ सहयोग लिएर संस्थाको गरिमा थप उचाईमा पुर्याउने बताउदै निमन्त्रणालाई स्विकारेर कार्यक्रममा पाल्नुहुने सम्पुर्णमा धन्यवाद प्रकट गर्दै खुल्ला सत्र कार्यक्रमको समापन गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिव पदम प्र. सिम्खडा र स्वागत मन्तव्य बिरेन मादेनले राखेका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ २० गते शनिवार
प्रतिक्रिया दिनुहोस