२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

एनसिसिलाई लाग्यो हिनामिनाको आरोपको नेतृत्व मौन

दोहा । कतारको नेपाली समाज हिज देखि निकै तरङ्गित छ । संघका प्रमुख ब्यक्तिले एनसिसिको नेतृत्व माथि प्रश्न उठाउदै आर्थिक घोटाला गरेको खुलेआम सार्वजनिक गरे ।
यसरी एनआरएनए एनसिसि कतारको नेतृत्वलाई लगातार चुनौती दिएर आफुलाई गलत प्रमाणीत गर्न प्रमुख सल्लाहकार गुरुङले आफ्नो अभिव्यक्ति राखीरहदा नेतृत्व भए मौन बसेको छ ।
एनआरएनमा पदासिन पदाधिकारीहरु माथी एक्कसी यसरी आरोप आउदा पनि नेतृत्व चुपचाप छ । नेतृत्व चुपचाप मौन बसे पनि आज अन्य पदाधिकारीहरुले अलिअली गर्दै ब्यक्तिगत रुपमा पोको फुकाउदै आफ्नो धारणा सार्वजनिक गर्दै आरोपको खण्डन गर्न थालेका छन ।
नेपाली समाजको अविभावकत्व निर्वाह गर्दै आएको साझा संस्था एनआरएन कतारलाई यति ठुलो आरोप लाग्दै गर्दा नेतृत्व चुप बस्ने अनि पदाधिकारीहरुले ब्यक्तिगत रुपमा यसरी धारणा राख्ने मनासिब हुदैन, जवाफदेहिता हुन जरुरी छ ।

श्रम गरेर दिई चार पैसा जम्मा गरेर साझा संस्थाको सदस्यता लिएका परिषद सदस्यहरुले उठाएका हरेक प्रश्नको जवाफ पाउन जरुरी छ । आरोप लागेको हिनामिना भएको परिषद सदस्य बापत उठेको रकमको बैंक स्टेटमैन्ट सार्वजनिक हुनुपर्ने नत्र एनसिसिको वेव साईडमा सबै डिटेल राख्नु पर्ने तर्क समेत आएका छन ।
यसै बिषयलाई लिएर एफएनजेका प्रतिनिधिले फोन सम्पर्क मार्फत जानकारी लिन खोजेको भए पनि एनसिसिका अध्यक्ष मुक्तादासंग सम्पर्क हुन सकेन । परिस्थिति जस्तो सुकै भए सम्पर्क बिहिन भएर बस्नु भन्दा हरेक प्रश्न र सवालको जवाफदेहिता बन्न जरुरी छ । आरोप लागी सके पछि साझा संस्थाको सबै कुराहरु सार्वजनिक रुपमा समाजमा आउन जरुरी छ ।

प्रकाशित मिति : २०८० असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस