२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

निर्वाचन समितीलाई जिम्मेवार बन्न जोड : प्रत्यासी उमेदवारहरु

दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसि) कतारको निर्वाचन समितीको बिषयमा सामाजिक संजालमा विभिन्न प्रकारका टीका टिप्पणी हुने गरेका छन । यस्ता टीका टिप्पणी कति जायज छन, कति आधार बिहिन त्यो त भोलिका दिनले बताउला तर संजालमा एनसिसिलाई दशौ महाधिबेशनका लागी बनेको निर्वाचन समितीको क्षेत्राधिकारका बिषयमा आरोप लागेको छ ।

यस बिषयलाई लिएर हामीले प्रमुख प्रत्यासीहरुलाई सोधपुछ गरेका थियौं । प्रत्यासी उमेदवारहरुले आफ्नै किसिमको धारणा व्यक्त गरे पनि पदिय रुपमा नैतिक जिम्मेवार हुनु पर्ने धारणा राखेका छन ।  समितिमा रहेका सदस्यहरुले संघसंस्थाका प्रतिनिधिहरु तथा वर्गीय संगठानिक भेटघाट गर्दा प्रत्यासी उमेदवारहरुले आशंका प्रकट गरेका छन ।

एनसिसिले निर्वाचन समितीलाई परिपत्र गरि सके पछि जिम्मेवार पुर्वक आफ्नो कार्यमा उत्तरदायी बन्नु पर्नेमा प्रत्यासीहरुले जोड दिए । उनिहरु समितीले उमेदवार दिने मिति घोषणा गर्नु पुर्व नै यस्ता टीका टिप्पणी आउँदा निर्वाचन निश्पक्ष हुनेमा शंका गरेका छन । तैपनि ब्यक्तिगत तथा समाजका लागी नभई नहुने भेट्घाट भएको भए ठिकै हो तर संगठानिक गुट उपगुठको खेती हो भने प्रत्यासी उमेदवारहरुले आपत्ति जनाएका छ्न ।

प्रकाशित मिति : २०८० असार २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस