२०८२ जेष्ठ ७ गते मङ्गलवार | 2025 May 20th Tuesday

एनआरएनए कतार (2023-2025) :प्रथम उपाध्यक्षमा कृष्ण पन्थीको उम्मेद्वारी

दोहा, कतार :

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको आगामी (२०२३- २०२५ ) को कार्यकालको लागि प्रथम उपाध्यक्षमा कृष्ण पन्थीले उम्मेदवारी दिने भएका छन् । पन्थीले सामाजिक संजाल फेसबुक मार्फत आगामी कार्यकालको लागि आफुले प्रथम उपाध्यक्ष पदमा उम्मेदवारी दिने जनाएका हुन ।

नवलपरासी जिल्लामा जन्मिएका पन्थी लामो समयदेखि कतारमा आफ्नो जागिरसँगै व्यवसाय पनि गर्दै आएका छन् । जागिर र ब्यापार दुवै भए पनि बचेको समय पन्थीले सामाजिक काममा नै खर्च गर्छन l कतारमा हुने सामाजिक सस्थाहरुको कार्यक्रममा भन्दा दुखि पिडितको क्याप क्यापमा सहयोग बोकेर पुगेको देखिने पन्थी पछिल्लो समय कतारमा रहेका नेपाली समुदायका प्रिय पात्र समेत हुन् l

संस्थागतरूपमा उनी नवलपरासी सेवा समाज र कार्डस अर्गनाइजेसन कतारका अध्यक्ष , एनआरएनए एनसीसी कतारको श्रमिक विभागका उप-संयोजक रहेर सामाजिकरूपमा कार्यरत छन ।

एनसीसी कतार सामाजिक संस्था भएको र यसलाई थप श्रमिकमूखी बनाउँदै समाजसँग जोड्न आफूले उम्मेद्वारी घोषणा गरेको बताउदै कतारमा स्थापित संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, गैरआवासीय नेपाली संघका अग्रज तथा सामाजिक अभियान्ता, बुद्धिजीवी व्यवसायी, परिषद् सदस्य, पत्रकार एवम् कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा साथ, सहयोग र समर्थनका लागि पन्थीले अपिल पनि गरेका छन् ।

प्रकाशित मिति : २०८० साउन १ गते सोमवार
प्रतिक्रिया दिनुहोस