२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

एनआरएनए कतार (२०२३-२०२५) :बुद्ध पाण्डेले कोषाध्यक्ष पदमा उम्मेद्वारी दिने

दोहा, कतार : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको दशौं महाअधिवेशन (२०२३-२५) कार्यकालका लागी गुल्मीका बुद्ध पाण्डेले एनसिसिको कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका पाण्डेले उनले सामाजिक संजाल मार्फत आफुले उम्मेदवारी दिन लागेका बताएका हुन्

संस्थागतरूपमा उनीका हाल गुल्मी सेवा समाज कतारका प्रमुख संरक्षक तथा लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका दोश्रो कार्यकालका अध्यक्ष हुन्

लामो समयदेखि प्रवासमा रहँदै आएका पाण्डेले आफूलाई समाजमा समर्पित गर्दै आएका छन् । उनले कतारमा कार्यरत नेपाली श्रमिकहरूको अभिभावकत्व निभाइरहेको साझा संस्थामा रहेर नेपाली श्रमिकका हक, हितका लागि आगामी दिनहरूमा काम गर्ने बताए । पछिल्लो समय एनसिसि माथ लागेको आर्थिक दाग आफू विजयी भएमा कार्यकाल भरी नदोहोरिने बताए l म आफै सामान्य सामान्य मजदुर हु मैले मजदुरको रगत पसिनाको पैसालाई अपचलन नगर्ने र हुन नदिने उनको पर्तिबद्दता छ l

आफूलाई कोषाध्यक्ष पदमा विजयी गराउन एनआरएनएका अग्रज, सामाजिक अभियन्ता, बुद्धिजीवी व्यवसायी, परिषद् सदस्य, पत्रकार एवम् कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसमक्ष अपिल गरेका छन् l

एनसीसी कतारको २०२३–२०२५ कार्यकालका लागि अन्तिम पञ्जीकृत सदस्यहरुको सङ्ख्या ८ हजार ९५१ जना कायम भएको छ । गत २६ फेब्रुवरीदेखि १२ मे सम्म पहिलो चरणमा र २५ जुनदेखि २८ जुनसम्म दोस्रो चरणमा सदस्यता आह्वान गरिएको थिए ।

संघको निर्वाचन अगामी २१ जुलाई तथा दशौं महाधिवेशन २८ जुलाई २०२३ मा हुने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : २०८० साउन १ गते सोमवार
प्रतिक्रिया दिनुहोस