२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

एनआरएनए कतार (२०२३-२०२५) : महासचिवमा रामजि खत्रीको उम्मेदवारी घोषणा

दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको आगामी (२०२३- २०२५ ) को कार्यकालको लागि महासचिव पदमा गोर्खाका रामजि खत्रीले उम्मेदवारी दिने भएका छन् । खत्रीले सामाजिक संजाल मार्फत आगामी कार्यकालको लागि महासचिव पदमा उम्मेदवारी दिने जनाएका हुन ।

बिगत १३ बर्ष देखि कतारको बसाईमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०१७- २०१९ कालकार्यमा सचिव पदमा रहि कार्य सम्पादन गर्नुका साथै अन्य सामाजिक संघ- संस्थाहरुमा आवद्ध भैइ महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने अवसर पाएको हुँदा २०२३- २०२५ कार्यकालको लागि महासचिव पदमा उम्मेदवारी घोषण गरेको खत्रीले बताए ।

संस्थागतरूपमा उनी हाल नेपाली रक्तदाता संघ कतारको अध्यक्ष,गोरखा सेवा समाज कतारको प्रमुख सल्लाहकार साथै ग्लोबल गोरखा समाज सचिवका रुपमा आबद्द रही सामाजिक कार्यमा अग्रसर छन् l

खत्रीले आफूलाई महासचिव पदमा विजयी गराउन एनआरएनएका अग्रज, सामाजिक अभियन्ता, बुद्धिजीवी व्यवसायी, परिषद् सदस्य, पत्रकार एवम् कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसमक्ष अपिल गरेका छन् l

खत्रीले सामाजिक संजालमा आफ्ना प्रतिबद्धता हरु यसरी सार्बजनिक गरेकाछ्न । 

बिगत १३ बर्ष देखि कतारको बसाईमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०१७- २०१९ कालकार्यमा सचिव पदमा रहि कार्य सम्पादन गर्नुका साथै अन्य सामाजिक संघ- संस्थाहरुमा आवद्ध भैइ महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने अवसर पाएको यहाँहरुलाई अवगत नै छ । तसर्थ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार २०२३-२०२५ को कार्यसमितिमा रहि तपसिलका कार्यहरु गर्ने प्रतिबद्धता सहित यहाँहरु माझ महासचिव पदमा उम्मेद्ववारी घोषणा गरेको सहर्ष जानकारी गराउँदछु साथै यहाँहरुको साथ, सहयोग र समर्थनको लागि हार्दिक अपिल गर्दछु ।

१. गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार लाई श्रमिक मैत्री बनाउने,श्रमिकको हितका कार्यक्रम ल्याउने र नेपाल सरकार बाट घोषणा गरिएको सामाजिक सुरक्षा कोषका बारेमा श्रमिकहरुका माझ सचेतना/ जानकारी मुलक कार्यक्रम गरि आबद्धताका लागि सहजीकरण एवम् उत्प्रेरित गरिनेछ । 

२. जीवन रुपान्तरण एवम् नेतृत्व र व्यक्तित्व बिकाशका लागि विभिन्न क्षेत्रका विशेषज्ञ बाट जनस्वास्थ्य ( मानसिक र शारीरिक), तनाव ब्यबस्थापन, प्रवासको जीवनशैली, आत्म बिकाश, नेतृत्व बिकाश सम्बन्धि प्रशिक्षण र अन्तरक्रिया कार्यक्रमहरु गराइनेछ ।

३. नेपालको आर्थिक उन्नतिको लागि प्रयाप्त संभावना रहेको पर्यटन क्षेत्रको प्रबर्द्धनका लागि अधिकतम पहल प्रभावकारी र परिणाम मुखी कार्य गरिनेछ ।

४. गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारलाई मानवीय र परोकारी संस्थाको रुपमा परिचित गराउन मानवीय र परोपकारी (निशुल्क स्वास्थ्य शिविर, रक्तदान , स्वास्थ्य सम्बन्धित सचेतना कार्यक्रम) कार्यलाई प्राथमिकतामा राखिनेछ ।

५. श्रम बजारको प्रमुख केन्द्र कतार आउने श्रमिकहरु लाई यहाँको कानुन, भाषा, धर्म र संस्कृतिको ज्ञानको अभावको कारण समस्या हुने गरेको र त्यसको न्युनिकरणका लागि सम्बन्धित बिषयका बिज्ञहरुको सहजीकरणमा जानकारी मुलक भिडियोहरु तयार गरि सामाजिक संजाल वा अरु प्रविधि प्रयोग गरि सर्वसाधारणको पहुचमा पुर्‍याउने ।

६. नेपाली श्रमिकहरुको हकहित तथा समस्या समाधानका लागि नेपाली नियोग र कतारमा स्थापित विभिन्न संघ-संस्था सग समन्वय र सहकार्य गरि अधिकतम पहल गरिनेछ ।

७. संस्थागत बिकाश र आर्थिक पारदर्शिता लाई प्रमुख प्राथमिकतामा राख्न महत्वपूर्ण भुमिका रहनेछ ।

८. नेपाली कला, संस्कृति र साहित्यको प्रवद्धन गर्ने र प्रोत्साहनका लागि महत्वपुर्ण भुमिका रहनेछ । 

यहाँहरुको साथ, सहयोग र समर्थनका लागि सादर अनुरोध सहित

रामजी खत्री

पंजिकृत सदस्य नम्बर : QA0100116

२०२३- २०२५ कार्यकालका लागि महासचिव पदको उम्मेदवार

प्रकाशित मिति : २०८० साउन १ गते सोमवार
प्रतिक्रिया दिनुहोस