२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

एनआरएनए कतार २०२३–२०२५: पत्रकार कुँवरले उम्मेदवारी दिने

दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको आगामी (२०२३- २०२५ ) को कार्यकालको लागि यतिबेला सामाजिक संजालमा विभिन्न पदहरुमा उम्मेदवारी दिनेको संख्या बढ्दै गहिरहेको छ ।

वैदेशिक रोजगारिको निम्ति प्रवास गएका नेपाली श्रमिक हरुको ठुलो , साझा सँस्था गैरआवसिय नेपाली संघको पहिलो स्थापना रसीया र दोस्रो कतार हुँदै आज बिश्वमा ८२ भन्दा बढी देशमा यस्को संजाल छाएको विभिन्न व्याक्तित्व हरु बताउने गर्दछ्न । एनसीसी कतारको २०२३–२०२५ कार्यकालका लागि अन्तिम पञ्जीकृत सदस्यहरुको सङ्ख्या ८ हजार ९५१ जना कायम भएको छ ।

एनसीसी कतार सामाजिक संस्था भएको र यसलाई थप श्रमिकमूखी बनाउँदै समाजसँग जोड्न आफूले कार्यसमिति सदस्य पदमा उम्मेद्वारी घोषणा गरेको पत्रकार सन्तोष कुँवर बताउन्छ्न । सन २०१० मा कतार छिरेका उनले अर्घाखाँची सेवा समाज कतार, सन्ध्याग्रुप अलखोर, र एनसिसि कतारको प्रचार बिभाग समिती सहित सक्रिय रुपमा सामुदायिक पत्रकारिता गर्दै आइरहेका छ्न ।

अर्घाखाँची जिल्ला मालारानी ५ बाँगिमा जन्मिएका कुँवरले
“सामाजिक, सुरक्षा,सहकार्य,पिडितहरुको हकहित र आर्थिक पार्दशिता,श्रमिक एकता मैत्री एनआरएनए हाम्रो प्रतिबद्धता ” भन्ने नारालाई हृदय बाटै स्विकार्दै अगाडि बढ्ने बताए ।

प्रचार बाजि र भाषणा भन्दा बढी आफुले प्रवासमा रहेका नेपालीहरु बीच एकता र सहकार्यता सहित मातृभुमीको बिकास र समृद्ध आधारका लागि बलियो आधार बनाउने अभियान तथा कतारमा रहेका नेपाली श्रमिक हरुको आवाज बुलन्द गर्दै हक हितको लागि लड्ने भन्दै कुँवले आसन्न एनसिसि कतारको चुनावमा साथ, सहयोग र समर्थनका लागि अपिल  गरेका छन् ।

प्रकाशित मिति : २०८० साउन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस