२०८२ असोज २९ गते बुधवार | 2025 October 15th Wednesday

नेपाली रक्तदाता संघ कतारको चौथो स्थापना दिवस सप्पन्न,अतिथिलाई पिपलको पातको ब्याच बाट सत्कार (फोटो फिचर सहित)

दोहा– नेपाली रक्तदाता संघ कतारले आफ्नो चौथो स्थापना दिवस भब्य रुपमा मनाएको छ ।

रक्तदाता संघ कतारले सोमबार नज्मा स्थित एसियन स्टार रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि आफ्नो चौथो स्थापना दिवस भब्य रुपमा मनाएको हो।

नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीको सभापतित्वमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय रक्तदाता संघका सचिव तथा नेपाली रक्तदाता संघ कतारका संस्थापक अध्यक्ष साथै वर्तमान प्रमुख सल्लाहकार तेज कटुवालको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रम संयोजक खेमराज सुवेदीले कार्यक्रमको जानकारी गराउदै सुरु भएको कार्यक्रममा कतारमा पहिलो पटक अतिथिहरुलाई पिपलको पातको ब्याच बाट सत्कार गरिएको थियो ।

कार्यक्रममा लमजुङ सेवा समाजका उपाध्यक्ष कल्याण थापा, गण्डकी प्रदेश समन्वय परिषदका अध्यक्ष सागर पौडेल,हेल्प मधेसी कतार बरिस्ठ उपाध्यक्ष शिव कुमार महतो,अन्तर्राष्ट्रिय मुस्लिम समाज अध्यक्ष अजमत अलि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष मणि पौडेल,अन्तर्राष्ट्रिय नेपाली समाज कतारका अध्यक्ष राजा राम शाही,संघीय लिम्बुवान समाजका उप महासचिव मौसम लिम्बु ,जनप्रगती शिल मन्च कतारका उपाध्यक्ष प्रकाश आले मगर,प्रवासी नेपाली मन्च कतारका उपाध्यक्ष बाल कृष्ण भित्रीकोटि,नेपाली जनसम्पर्क समिति कतारका उपसभापति ठाकुर कुमार परियार,रक्तदाता संघ कतारका सल्लाहकार सल्लाहकार रमजान अलि लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका सभापतिले नेपाली रक्तदाता संघ कतारको मानवीय एवम् परोपकारी कार्यमा समन्वय र सहकार्य गर्न अनुरोध गर्दै स्वस्थ्य रगत संकलन कार्यका लागी संस्थाको सदस्यता लिनको लागि अनुरोध गरे।

संघका उपाध्यक्ष बिश्वराज नेपालले स्वागत गरेको कार्यक्रमको संचालन सचिव बिजय कुमार मगरले गरेका थिए।

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस