२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

एनआरएनए कतार २०२३-२०२५ : सचिवमा तिनै जना गण्डकी प्रदेशका

दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको आगामी (२०२३- २०२५ ) को कार्यकालको लागीसचिवमा तिनै जना गण्डकी प्रदेशबाट निर्वाचित भएका छन् l बिहिबार र सुक्रबार भएको निर्वाचनबाट ओम बहादुर क्षेत्री (सन्तोष), रोशन अर्याल र सुरज शर्मा अधिकारी निर्वाचित भएका हुन् l

निर्वाचित सचिवहरुमा दुई जना ओम बहादुर क्षेत्री (सन्तोष) र सुरज शर्मा अधिकारी  पर्वतका हुन् भने एक जना  रोशन अर्याल स्याङ्गजाका हुन् l सचिवमा तिन  जनाको लागी  ६ जनाको उम्बेद्वारी परेको थियो जसमा सबैभन्दा बढी मत स्याङ्गजाका रोशन अर्यालले प्राप्त गरेका थिए l अर्यालले ३३८४ मत  प्राप्त गर्दा  सन्तोषले ३३२२ र शर्माले ३१७५ मत प्राप्त गरेका थिए l

पराजित हुने हरुमा अग्निधर देबकोटा  २३७६ मत एक राज कटुवाल  २३७४ मत र गणेश बहादुर कार्की ले २१७५ मत प्राप्त गरेका थिए l

८ हजार ९ सय ५१ जना पञ्जीकृत सदस्यता रहेको एनसीसी कतारमा जम्मा ६२.८०% मत खसेको थियो l

प्रकाशित मिति : २०८० साउन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस